२०८३ असोज ७ गते बुधवार / Sep 23 , 2026 , Wednesday
२०८३ असोज ७ गते बुधवार

इरानमाथि जर्मनी, फ्रान्स र बेलायतले लगाए प्रतिबन्ध

Nada
२०८१ भदौ २६ गते १०:५२
Shares
इरानमाथि जर्मनी, फ्रान्स र बेलायतले लगाए प्रतिबन्ध

काठमाडौँ : जर्मनी, फ्रान्स र बेलायतले इरानमाथि प्रतिबन्ध लगाएको छ । मङ्गलबार युक्रेन युद्धमा प्रयोगका लागि रुसलाई ब्यालेस्टिक मिसाइलहरू आपूर्ति गरेको भन्दै तीन वटै मुलुकले निन्दा गर्दै इरानमाथि हवाई यातायातलाई लक्षित गरी नयाँ प्रतिबन्धको घोषणा गरेका छन् ।

ncell

‘हामी इरानसँग द्विपक्षीय हवाई सेवा सम्झौता रद्द गर्न तत्काल कदम चाल्नेछौँ’, तीन युरोपेली मुलुकले संयुक्त विज्ञप्तिमा भनेका छन्, ‘इरानको आकाशमा प्रतिबन्ध लगाउने दिशामा पनि काम गर्नेछौँ ।’

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्केनले यसअघि लन्डनको भ्रमणमा रुसलाई ब्यालेस्टिक मिसाइलको खेप प्राप्त भएको र ‘सम्भवतः केही साताभित्र युक्रेनमा तिनीहरूको प्रयोग गरिने’ बताएका थिए ।

‘यो युक्रेनविरुद्ध रुसको आक्रामक युद्धमा इरानको सैन्य समर्थनको थप वृद्धि हो र यसले इरानी मिसाइलहरू युरोपेली भूमिमा पुगेको देखिनेछ, यसले युक्रेनी जनताको पीडा बढाएको छ’, उनीहरूले भनेका छन्, ‘यो कृत्य इरान र रुस दुवैले बढाएको कदम हो र युरोपेली सुरक्षाका लागि सिधै खतरा हो।’

तीनै मुलुकले इरानसँग द्विपक्षीय हवाई सेवा सम्झौता रद्द गर्नका लागि तत्काल कदम चाल्ने बताएका छन्। ‘यसबाहेक हामी इरानको ब्यालेस्टिक मिसाइल कार्यक्रम र रुसलाई ब्यालेस्टिक मिसाइल तथा अन्य हतियार स्थानान्तरणमा सामेल महत्त्वपूर्ण संस्था र व्यक्तिहरूको ओहोदाको जाँच गर्नेछौँ’, संयुक्त विज्ञप्तिमा भनिएको छ ।

ताजा खबर

सम्बन्धित खबर