२०८३ असोज ७ गते बुधवार / Sep 23 , 2026 , Wednesday
२०८३ असोज ७ गते बुधवार

टेक्सास तामाङ सोसाइटीको अध्यक्षमा कुमार 

Nada
२०८१ भदौ २५ गते १०:२७
Shares
टेक्सास तामाङ सोसाइटीको अध्यक्षमा कुमार 

अमेरिका : तामाङ सोसाइटी अफ टेक्सासको अध्यक्षमा कुमार तामाङ निर्वाचित भएका छन् । सोसाइटीको गत आइतबार सम्पन्न तेश्रो साधारण सभा तथा वार्षिक भेलाले तामाङलाई सर्वसम्मतिमा निर्वाचित गरेको हो । 

ncell

यसैगरी भेलाबाट सोसाइटीको वरिष्ठ उपाध्यक्षमा माया डोल्मा लामा, केन्द्रीय क्षेत्रीय उपाध्यक्षमा रत्न लामा, दक्षिण पूर्वीय क्षेत्रीय उपाध्यक्षमा सागर तामाङ, महासचिवमा प्रनिष तामाङ, कोषाध्यक्षमा सुनिल लामा, सहकोषाध्यक्षमा सुनिता पाख्रिन, सास्कृतिक संयोजकमा पुर्ण तामाङ र खेलकुद संयोजकमा छिरिङ लामा निर्वाचित भएका छन् । 

यस्तै कार्यसमिति सदस्यहरुमा रिञ्जिन लामा, वाङदेन गोम्जा तामाङ, चमेली तामाङ, डुल ग्लान तामाङ, धन लामा तामाङ र रुप थिङ निर्वाचित भएको सोसाइटीले जनाएको छ । 

सोसाइटीका अध्यक्ष तामाङले आफनो कार्यकालमा तामाङ संस्कृति, रीतिरिवाजलगायत विविध विषयमा अझ बढि सकृयताका साथ योजना बनाएर कार्यक्रमहरु ल्याउने जानकारी दिए ।

 

ताजा खबर

सम्बन्धित खबर