२०८३ असोज ७ गते बुधवार / Sep 23 , 2026 , Wednesday
२०८३ असोज ७ गते बुधवार

सरुवा तथा महामारीजन्य रोग नियन्त्रण गर्न सबै मिलेर अघि बढ्नुपर्छ : स्वास्थ्यमन्त्री पौडेल

Nada
२०८१ भदौ २० गते १७:३९
Shares
सरुवा तथा महामारीजन्य रोग नियन्त्रण गर्न सबै मिलेर अघि बढ्नुपर्छ : स्वास्थ्यमन्त्री पौडेल

काठमाडौं : स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले सरुवा तथा महामारीजन्य रोग नियन्त्रण गर्न सबै मिलेर अघि बढ्नुपर्ने बताएका छन् । प्रतिनिधि सभा अन्तर्गतका शिक्षो, स्वास्थ्य तथा सूचना प्रविधिसमितिको आज बसेको बैठकमा मन्त्री पौडेलले भने, “सरुवा तथा महामारीजन्य रोगमा सावधानी अपनाउनुपर्ने अहिलेको चुनौती छ । डेंगु ७५ जिल्लामा फैलिसकेको अवस्था छ । नियन्त्रण गर्न सबै मिलेर अघि बढ्नुपर्छ ।”

ncell

समितिमा स्वास्थ्य र जनसंख्या व्यवस्थापनसम्बन्धी विद्यमान अवस्था र मन्त्रालयबाट भए गरेका काम कारबाही, समस्या तथा चुनौती र भावी कार्यदिशाका सम्बन्धमा बैठकमा छलफल भएको थियो । उनले अस्पताल सेवा दुई सिफ्टलाई प्रभावकारी रुपमा लैजाने काम भइरहेको र साधनस्रोत भएको खण्डमा तीन सिफ्ट सञ्चालन गर्न सकिने बताए । 

मन्त्री पौडेलले भने, “स्वास्थ्य बीमा कार्यक्रम प्रभावकारी बन्न नसक्नुमा अस्पतालले समयमा भुक्तानी दिन नसक्नु हो । त्यसबाहेक अरु पनि समस्या छन् । यसमा पनि व्यवस्थित बनाउनुपर्नेछ ।”

त्यस अवसरमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव रोशन पोखरेलले महामारी नियन्त्रण गर्न बहुक्षेत्रीय समन्वय आवश्यक रहेको बताए । 

समितिका सांसदहरुले अस्पतालका फार्मेसीमा औषधि नपाइने, अस्पतालभित्रको फोहर व्यवस्थापन नभएको, स्वास्थ्य बीमाको व्यवस्था झण्झटिलो भएको, पोषण परिपूरक जथाभावी बिक्री वितरण भएको, स्वास्थ्यकर्मीलाई प्रोत्साहन गर्नुपर्ने, बजेटको राम्रो व्यवस्थापन हुनुपर्नेलगायत बारेमा ध्यानाकर्षण गराए ।

ताजा खबर

सम्बन्धित खबर