२०८३ असोज ७ गते बुधवार / Sep 23 , 2026 , Wednesday
२०८३ असोज ७ गते बुधवार

भैंसेपाटीको एक होस्टेलमा विद्यार्थी मृत फेला

Nada
२०८१ भदौ १६ गते १३:०७
Shares
भैंसेपाटीको एक होस्टेलमा विद्यार्थी मृत फेला

काठमाडौं : ललितपुरको भैंसेपाटीस्थित एक विद्यालयको होस्टेलमा युवक मृत भेटिएका छन् । ललितपुर महानगरपालिका-२५ भैंसेपाटी आवास क्षेत्रस्थित डीएमआई बाइबल स्कुलको होस्टलमा मोरङका २९ वर्षीय सकुल मर्डी मृत भेटिएको जिल्ला प्रहरी परिसर ललितपुरले जानकारी दिएको छ ।

ncell

उनी आफ्नो बेडमा सुतिरहेको अवस्थामा मृत भेटिएको प्रहरीले जनाएको छ । घटनाको प्रारम्भिक अनुसन्धान सकेर प्रहरीले पोष्टमर्टमका लागि शव पाटन अस्पतालमा पठाएको छ । मृतक छारे रोगको बिरामीसमेत रहेको खुलेको छ ।

ताजा खबर

सम्बन्धित खबर