२०८३ असोज २३ गते शुक्रवार / Oct 09 , 2026 , Friday
२०८३ असोज २३ गते शुक्रवार

जिल्ला प्रशासन कार्यालय उदयपुरमा सेवाग्राहीको चाप बढ्दो

Nada
बिन्द्र राई
२०८१ जेठ २८ गते २१:०२
Shares
जिल्ला प्रशासन कार्यालय उदयपुरमा सेवाग्राहीको चाप बढ्दो

उदयपुर : जिल्ला प्रशासन कार्यालय उदयपुरमा सेवाग्राहीको चाप बढेको छ । कार्यालयले राष्ट्रिय परिचयपत्र, नागरिकता, राहदानी, शान्ति सुरक्षा, नाबालिक परिचयपत्र, हातहतियार इजाजत,संस्था तथा पत्रपत्रिका र छापाखाना सञ्चालन सम्बन्धी अनुमती लगायत सेवाहरु दिँदै आएको छ ।

ncell

सरकारले भत्ता वितरण लगायत सेवाहरुमा चालु आर्थिक वर्षको साउन १ गते देखि अनलाइन राष्ट्रिय परिचयपत्र अनिवार्य गरेपछि जेष्ठ नागरिक, एकल महिला, अपाङ्गता भएकाहरु घुम्ती शिविरमा फोटो खिचाएका तर नम्बर नलिएका र फोटो खिच्न बाँकी रहेका सेवाग्राहीका कारण भिड बढेको हो । 

कार्यालयका सूचना अधिकारी सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मी प्रसाद रेग्मीले साउन एकदेखि भत्ता वितरण लगायत सेवाहरुमा अनलाइन राष्ट्रिय परिचयपत्र अनिवार्य गरेपछि जेष्ठ नागरिक, एकल महिला, अपाङ्गता भएका लगायत तथा  राष्ट्रिय परिचयपत्रको लागि घुम्ती शिविरमा फोटो खिचाएका तर नम्वर नलिएका र फोटो खिच्न बाँकी रहेका र कार्यालयमा ४,५ दिनदेखि पेन्डिङमा रहेका सेवाग्राहीहरुका कामहरुमा आएका सेवाग्राहीहरुका भीडले चाप बढेको बताए ।

रेग्मीले पहिले दैनिक ५० देखि ६० हाराहारीको सेवाग्राहीहरुलाई सेवा दिँदै आएकोमा अहिले सेवाग्राहीका लागि कार्यालयमा चार वटा स्टेशन सेवा चालु भएसँगै दैनिक एक सय हाराहारीको सेवाग्राहीहरुलाई सेवा दिँदै आएको बताए । उनले सेवाग्राहीहरुका दैनिक कामकाजहरु पेन्डिङमा नराखिने र दैनिक रुपमा सम्पन्न गरिने बताए । सेवाग्राहीहरुलाई  पालिका र वडाहरुमा गर्न सकिने  सेवाहरु सोही ठाउँहरुबाट लिन र नसकिने सेवा र समस्याहरु प्रशासन कार्यालयमा लिएर आउन उनले आग्रह समेत गरे । अहिले राष्ट्रिय परिचय पत्र फाराम अनलाईको माध्ययमबाट भर्दा सहज हुने उनको भनाइ छ ।

सम्बन्धित खबर