२०८३ कार्तिक ९ गते सोमवार / Oct 26 , 2026 , Monday
२०८३ कार्तिक ९ गते सोमवार

संकटमा सिटिसी र सिभिल मल

सिटिसीको भाडा सरकारी खातामा जम्मा गर्न निर्देशन 

Nada
जीवन शर्मा
२०८३ कार्तिक ९ गते १३:१८
Shares
संकटमा सिटिसी र सिभिल मल

काठमाडौं : काठमाडौंको बागदरबारमा रहेको सिटिसी सेन्टर र सुन्धारास्थित सिभिल मल संकटको केन्द्रमा छन् । सिभिल सहकारीका संस्था संकटमा परेसँगै सोही सहकारीका बचतकर्ताको रकमबाट निर्माण गरिएका यी दुबै व्यापारिक केन्द्र पनि संकटोन्मुख अवस्थामा पुगेका हुन् ।  

ncell

सिभिल सहकारीका अध्यक्ष इच्छाराज तामाङले सहकारीको लगानी गरेर बनाएका अधिकांश भौतिक सम्पत्ति निजीकरण गर्दा सिटिसी सेन्टर समेत व्यक्तिगत कम्पनीमा दर्ज हुन पुग्यो । उनले सिभिल मलको सेयर समेत ५० प्रतिशत आफ्नो नाममा बनाएको पाइएको छ । जबकि उनले दुईवटै भवन सहकारीकै पैसाले बनाएका थिए । अहिले सिटिसी पूरै व्यक्तिगत कम्पनीको नाममा छ भने सिभिल मल ५० प्रतिशन शेयर तामाङको नाममा छ ।

सिभिल सहकारीको पैसाले बनाएको सिटिसी सेन्टरसँग सहकारी बचतकर्ताको ६ अर्ब ५२ करोडको माग दाबी छ । यो भवनको चार तला सम्मकमो फ्ल्याट र सटर बिक्री भइसकेको छ भने त्यसमाथिका पाँचवटा तलाको भाडा अहिलेसम्म इच्छाराजकै कम्पनी सिभिल प्रलिले लिँदै आएको छ । तर यही महिनादेखि पाँचौ देखि नवौं तलासम्म भाडामा लिएर व्यपार व्यवसाय चलाएकाहरूले नेपाल सरकार अन्तर्गत समस्याग्रस्त सहकारी व्यवस्थापन समिति बागमति प्रदेशका नाममा जम्मा गर्नुपर्ने निर्देशन छ । सो प्रयोजनका लागि बागमती प्रदेश समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले भाडामा व्यवसाय गर्ने सम्पूर्ण व्यवसायी, तथा कम्पनी कार्यालयहरूलाई पत्र पठाइसकेको समितिका सदस्य रामेश्वर ढकालले बताए । ‘सिटिसी भवन इच्छाराजको व्यक्तिगत कम्पनीका नाममा छ, तर भवनको लगानी सहकारीको हो,’ ढकालले भने । 

यही महिनाबाटै भाडावालाहरूले सरकारी खातामा भाडा जम्मा नगरे उनिहरूका नाममा बक्यौता रहने र समितिले त्यस्ता स्टलमा ताला लगाउने चेतवनी समेत दिएको छ । बागमति प्रदेशस्थित समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका सदस्य द्धय रामेश्व ढकाल र नेत्रराज पौडेलसहितको टोलीले दसैं अघि नै अनुगमन गरेर उनिहरूलाई सरकारी खातामा भाडा जम्मा गर्न निर्देशन दिएको ढकालले बताए । उनले भने, ‘सिटिसी मलको बिक्री भएकाका फ्ल्याटको हकमा छुट्टै डिल हुने र भाडामा बसेकाहरुले भाडा समस्याग्रस्त सहकारी समितिले तोकेको खातामा जम्मा गर्नु पर्न पत्र पठाइसकेका छौं ।’ 

समितिले सहकारी बचतकर्ताको ठगीएको रकम सञ्चालकको सम्पत्ति जफत गरि फिर्ता गर्ने सरकारको नीति अनुसार समिति अघि बढेको सदस्य नेत्रराज पौडेलले बताए । त्यसका लागि यी सिटिसी र सिभिल मल दुबै लिलाममा जाने खतरा बढेको छ ।  तामाङ अहिले सहकारी ठगी र सम्पत्ति शुद्दिकरणको मुद्दामा कैद सजायस्वरूप कारागार छन् ।

विशेष अदालत बबरमलको फैंसला अनुसार तामाङलाई तीन वर्ष र उनकी श्रीमती सिर्जना शाक्य तामाङ तथा मामा ससुरा केशवलाल श्रेष्ठलाई एक वर्ष ६ महिना कैद भुक्तान गर्नुपर्ने आदेश छ । २०७९ कात्तिक २५ गते पाटन उच्च अदालतले सिभिल सहकारी ठगि तथा संगठित अपराध मुद्दाका प्रतिवादी इच्छाराज तामांग, सृजना शाक्य तामांग र केशवलाल श्रेष्ठ समेतलाई ९ महिना भित्र सिभिल सहकारीका १५०३ जना बचतकर्ता/जाहेरिकर्ताहरूको रकम फिर्ता दिनु भन्ने आदेश दिएको थियो । सिभिल सहकारी हुँदै बैंक खोलेका तामाङले सहकारी र बैंक दुबै डुबाएका छन् । उनी नेकपा एमालेको तर्फबाट संविधानसभा सदस्य समेत बनेका थिए ।

सम्बन्धित खबर