२०८३ भदौ ३१ गते बुधवार / Sep 16 , 2026 , Wednesday
२०८३ भदौ ३१ गते बुधवार

जुम्ला कारागारमा निःशुल्क स्वास्थ्य शिविर

Nada
दिलमाया शाही
२०८१ भदौ १ गते १७:०४
Shares
जुम्ला कारागारमा निःशुल्क स्वास्थ्य शिविर

जुम्ला : जुम्ला कारागारमा कैदीबन्दीहरुका लागि निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । जिल्ल प्रहरी कार्यालय जुम्लाको आयोजना र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको सहयोगमा कारागारहरूमा रहेका कैदीबन्दीहरूका लागि स्वास्थ्य शिविर सञ्चालन गरिएको हो ।

ncell

कारागारका कैदीलाई स्वास्थ्य जाँच गराउन एकै पटक अस्पताल लिन नसकिने भएकाले सम्बन्धीत ठाउमै डाक्टर बोलाई स्वास्थ्य जाँच गरिएको प्रहरी नायब उपरीक्षक छेदीलाल कामतीले बताए । उनले भने, 'कारागारहरूमा रहेका कैदीबन्दीहरूको स्वास्थ्यको अवस्था पत्ता लगाउन, कैदीबन्दीहरूको स्वास्थ्य सेवाको पहुँचमा वृद्धि गर्न, कैदीबन्दीहरू रहेकै स्थानबाट आधारभूत स्वास्थ्य सेवा प्रदान गर्न शिविर सञ्चालन गरिएको हो ।'

जुम्लाका प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेले शिविरबाट कैदीबन्दीकहरुको स्वास्थ्य समस्या पत्ता लाग्ने र उपचार गराउन सहज हुने बताए । उनले भने, 'यदि कुनै जटिल प्रकारका रोगहरू समयमा नै पत्ता लागे अस्पताल र उपयुक्त विशिष्टिकृत अस्पतालमा प्रेषण गर्न सकिन्छ । त्यसैले कैदीबन्दीहरूको सामूहिक बसाइ, खानपान तथा जीवनशैलीलाई परिमार्जन गर्दे व्यक्तिगत सरसफाइ, खानपिन, जीवनशैलीमा सुधार ल्याउनसमेत यो शिविरले सहयोग पुग्ने छ ।'

जिल्ला समन्वय समितिका प्रमुख गौरनन्द आचार्यले कारागारभित्र कैदीबन्दीलाई लक्षित गरी स्वास्थ्य जाँचको बन्दोबस्त मिलाउनु राम्रो पक्ष भएको बताए । उनले कैदीहरूका लागि  स्वास्थ्य ,मनोरञ्जनदेखि खेलकुदजस्ता गतिविधिसमेत आवश्यक रहेको बताए ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका डाक्टर राकेश कुमार यादवका अनुसार कारागारमा रहेका १ सय २३ जना कैदीबन्दीको स्वास्थ्य जाँच गरिएको छ । उनीहरुमा ग्याष्टिक,मानसिक समस्या, श्वासप्रश्वास र एलर्जीको समस्या देखिएको छ । उनले परीक्षणको क्रममा कैदीबन्दीहरुमा खासै ठूलो समस्या भने नदेखिएको बताए ।

ताजा खबर

सम्बन्धित खबर