२०८३ असोज २१ गते बुधवार / Oct 07 , 2026 , Wednesday
२०८३ असोज २१ गते बुधवार

मलेसियामा ‘५औँ सिल्भर इन्टरनेसनल म्युजिक अवार्ड–२०२६’ हुँदै

Nada
तिलोचन गौतम
२०८३ भदौ ६ गते १२:५८
Shares
मलेसियामा ‘५औँ सिल्भर इन्टरनेसनल म्युजिक अवार्ड–२०२६’ हुँदै

क्वालालम्पुर, मलेसिया : नेपाली गीत–संगीत तथा सांस्कृतिक क्षेत्रलाई प्रवर्द्धन गर्ने उद्देश्यले मलेसियामा ‘५औँ सिल्भर इन्टरनेसनल म्युजिक अवार्ड–२०२६’ तथा विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने भएको छ ।

ncell

प्रियसी म्युजिक प्रालिको प्रस्तुति तथा व्यवस्थापनमा आगामी सेप्टेम्बर ६, २०२६ (आइतबार) दिउँसो २ बजेदेखि क्वालालम्पुरस्थित होटल ग्राण्ड कन्टिनेन्टलमा कार्यक्रम आयोजना हुने आयोजकले जनाएको छ ।

विदेशमा रहेर नेपाली कला, संगीत तथा संस्कृतिको संरक्षण र प्रवर्द्धनमा योगदान पुर्‍याइरहेका कलाकार तथा स्रष्टाहरूलाई एउटै मञ्चमा जोड्ने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको प्रियसी म्युजिक प्रालिका अध्यक्ष राजेन्द्र पुरी र व्यवस्थापक बबिता श्रेष्ठले जानकारी दिइन् ।

कार्यक्रममा वरिष्ठ कलाकार हिङ्सबाला गौतम, वरिष्ठ कलाकार गीता नेपाल, वरिष्ठ कलाकार रश्मि पाण्डे, गायक अमृत खाती, गायिका स्मृति गौतम, निर्देशक तथा मोडल अन्जान शर्मा, गायक धर्मराज न्यौपाने, गायिका सीमा थापा, गायक रूपक परियार, गायिका कल्पना बली, कलाकार चक्रघोज भण्डारी, मोडल तथा गायिका प्रनिता तामाङ, मलेसियाका कलाकार तथा आयोजक डेभिड घिमिरे, गायक अर्जुन खरेल, गायक नवीन परियार तथा गायक तथा मोडल अपुरण गौतमलगायत कलाकारको सहभागिता रहने जनाइएको छ।

कार्यक्रममा पुरन राजकोटी मगर उद्घोषकका रूपमा रहनेछन् भने वरिष्ठ पत्रकार ऋषि थापलिया प्रस्तोताका रूपमा सहभागी हुने भएका छन् ।
कार्यक्रमको अध्यक्षता बबिता श्रेष्ठ पुरीले गर्ने तथा व्यवस्थापनको जिम्मेवारी राजेन्द्र पुरीले सम्हाल्ने आयोजकले जनाएको छ ।

कार्यक्रमलाई नेपाल एयरलाइन्स, मलेसियामा लोकप्रिय आरटीएफ फुटबल क्लब, क्लाङ सहरस्थित प्रतिष्ठित मिनीमार्ट एनबी रमाइलो मार्ट, जनसम्पर्क समिति मलेसिया, नेप्स्या, लाङ्गाली चुलोलगायत विभिन्न संघसंस्था तथा व्यवसायीहरूले सहयोग गर्ने भएका छन् । नेपाल एयरलाइन्स ट्राभल पार्टनरका रूपमा सहभागी हुने जनाइएको छ ।

त्यस्तै, मध्याह्न राष्ट्रिय दैनिकलगायत विभिन्न सञ्चार तथा मिडिया संस्थाहरू मिडिया पार्टनरका रूपमा रहने आयोजकले जनाएको छ ।

प्रियसी म्युजिक प्रालिका अनुसार मलेसियामा नेपाली कला, संगीत तथा संस्कृतिको प्रवर्द्धन गर्नुका साथै कलाकार तथा स्रष्टाहरूलाई सम्मान र प्रोत्साहन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको हो ।

सेप्टेम्बर ६ मा दिउँसो २ बजेदेखि होटल ग्राण्ड कन्टिनेन्टल, क्वालालम्पुरमा आयोजना हुने कार्यक्रममा प्रवेश निःशुल्क रहेको आयोजकले जनाएको छ । कार्यक्रमलाई सफल बनाउन मलेसियामा रहेका नेपाली समुदाय, कलाकार, संगीतप्रेमी तथा शुभेच्छुक सबैलाई उपस्थितिका लागि आयोजकले आग्रह गरेको छ ।

सम्बन्धित खबर