२०८३ मंसिर ९ गते बुधवार / Nov 25 , 2026 , Wednesday
२०८३ मंसिर ९ गते बुधवार

राष्ट्रप्रेमले ओतप्रोत ‘हामी सबै नेपाली, हाम्रो नेपाल’ सार्वजनिक

Nada
२०८२ माघ १९ गते १८:२६
Shares
राष्ट्रप्रेमले ओतप्रोत ‘हामी सबै नेपाली, हाम्रो नेपाल’ सार्वजनिक

काठमाडौं : गायक तथा मोडल सबिन खड्काको आवाजमा राष्ट्रप्रेमको भाव बोकेको नयाँ राष्ट्रिय गीत ‘हामी सबै नेपाली, हाम्रो नेपाल’ सार्वजनिक भएको छ । समसामयिक परिस्थिति र राष्ट्रियताको गहिरो अनुभूतिलाई समेटिएको यस गीतले देशप्रतिको माया, एकता र जिम्मेवारीको सन्देश प्रवाह गरेको छ ।

गीतका शब्द स्वयं गायक सबिन खड्काकै हुन् भने संगीत चर्चित गायक तथा सर्जक बैकुण्ठ महतले तयार पारेका हुन् । गायनमा खड्कासँगै गायिका सुनितामी परियारको मधुर स्वरले गीतलाई थप भावुक र प्रभावशाली बनाएको छ ।

माया–प्रेमका गीतहरूको भीडबीच राष्ट्र र राष्ट्रियतालाई केन्द्रमा राखेर समयसापेक्ष सिर्जना ल्याउनु आफूलाई जिम्मेवारीपूर्ण लागेको गायक खड्काले बताएका छन् । उक्त गीत एसके इन्टरटेनमेन्ट नेपाल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

गीतको भिडियोमा नविना सिलवाल र कमल जिसीको मुख्य अभिनय रहेको छ । साथै लोकप्रिय गायक मोतिराज खनाल, मिना बेलबासे, आशा ढकाल, स्मारिका खड्का, डिबी पाण्डे, मणि अधिकारी, ध्रुव बस्नेत, रोशन घिमिरे, हरि आचार्य, पुष्पा शाह, मुकुन्द घिमिरे, गणेश पाण्डेलगायत थुप्रै कलाकारहरूको सशक्त उपस्थिति भिडियोको अर्को आकर्षण बनेको छ ।

‘द म्युजिक इरा’ स्टुडियोमा रेकर्ड गरिएको गीतको रेकर्डिङ सुरज भुसालले गरेका हुन् भने मिक्सिङ कृष्ण बाजुरालीले गरेका छन् । भिडियो निर्देशन देवेन्द्र कुँवरले गरेका हुन् भने सम्पादन राजेश कुमारले गरेका छन् ।

सार्वजनिक भएसँगै गीतले दर्शक तथा स्रोताबाट सकारात्मक प्रतिक्रिया पाइरहेको गायक खड्काले जानकारी दिए । राष्ट्रप्रेम र एकताको भाव बोकेको यो गीतले नेपाली संगीत क्षेत्रमा अलग पहिचान बनाउने अपेक्षा गरिएको छ ।

laxmi recruitement

ताजा खबर

सम्बन्धित खबर