२०८३ असोज २१ गते बुधवार / Oct 07 , 2026 , Wednesday
२०८३ असोज २१ गते बुधवार

प्रेरणाको ‘अ–विधवा’ सार्वजनिक

Nada
२०८२ माघ १८ गते २१:०४
Shares
प्रेरणाको ‘अ–विधवा’ सार्वजनिक

काठमाडौं : बहुविधाका चर्चित साहित्यकार गोविन्द गिरी ‘प्रेरणा’को नवीनतम कृति ‘अ–विधवा’ सार्वजनिक भएको छ । यसलाई इम्प्रिन्ट पब्लिसर्सले प्रकाशनमा ल्याएको हो । साँढे चार दशकभन्दा बढी समयदेखि लेखनमा समर्पित प्रेरणाको यो २८औं प्रकाशित कृति हो भने सातौं कथा संग्रह हो । 

ncell

वि.सं. २०३४ सालमा पहिलो कथा ‘किनारा’को प्रकाशनसँगै साहित्यिक क्षेत्रमा उदाएका उनको पहिलो कृति नै कथा संग्रह ‘सुतेको समुद्र’ थियो । जसलाई विसं २०४० सालमा साझा प्रकाशनले प्रकाशन गरेको थियो ।

तत्कालीन नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानले वि.सं. २०४६ सालमा प्रकाशन गरेको ‘अन्तराल’ कथा संग्रहले भीमचरण थापासँगै संयुक्त रूपमा ‘नारायणी वाङ्मय पुरस्कार’ प्राप्त गरेको थियो ।

कथा क्षेत्रमा योगदान पु¥याएबापत प्रेरणाले साहित्यिक पत्रकार संघले प्रदान गर्ने ‘मैनाली कथा पुरस्कार’ समेत प्राप्त गरेका छन् ।

‘अ–विधवा’ उनको दोस्रो लामो कथा संग्रह हो । यसअघि उनको पहिलो लामा कथाहरूको संग्रह ‘गन्तव्य गणबहाल’ वि.सं. २०७२ सालमा प्रकाशित भएको थियो ।

‘अ–विधवा’ संग्रहमा ७ लामा कथाहरू रहेका र ती सबै कथाहरू फूटकर रूपमा प्रकाशित नभएको कथाकार प्रेरणाले बताए ।

ताजा खबर

सम्बन्धित खबर