२०८२ असार २२ गते आइतवार / Jul 06 , 2025 , Sunday
२०८२ असार २२ गते आइतवार
Ads

दुधेश्वर महादेव मन्दिरमा हजारौं भक्तजनले गरे दर्शन

shivam cement
लालबाबु बानिया
२०८१ साउन ७ गते २१:३१
दुधेश्वर महादेव मन्दिरमा हजारौं भक्तजनले गरे दर्शन

पर्सा : पर्साको ऐतिहासिक मुख्य धार्मिक पर्यटन स्थलको रुपमा रहेको भाथा बाबा श्री दुधेश्वर महादेव मन्दिरमा सोमबार हजारौं भक्तजनहरुले दर्शन गरेका छन् । 

साउन महिनाको पहिलो सोमबार हर हर महादेवको नारा लगाउँदै जलअभिषेक गर्दै फुल बेलपत्र र प्रसाद चढाएर पुजापाठ गरेका थिए । 

पटेर्वासुगौली गाउँपालिकाको वडा नं.२ राभौरी भाथा स्थित रहेको भाथा धामको साउनभरी मेला लाग्ने गर्दछ । 

श्री दुधेश्वर महादेव मन्दिरको पूर्व पर्सा राष्ट्रिय निकुन्ज आदभार, उत्तरमा घोडेमासन, पश्चिम सिकारीबस, दक्षिण चर्भैया सोनवर्षा रहेको छ ।  

नेपाल भारतका हजारौं भक्तजन श्रद्धालुहरुले रामभौरी भाथाको नजिक खोलाबाट जल भरेर हर हर महादेव, बोल वम, जय शम्भुको नाराका साथ पाँच किलो मिटरको चढाइ चढेर श्री दुधेश्वर महादेवको मन्दिरमा पुगेर जलअभिषेक,फुल बेलपत्र र प्रसाद चढाएर पुजापाठ गरेका थिए । पूर्व कालदेखि वर्षको ४ पटक लाग्ने मेला साउनभरी, माघ बसन्त पञ्चमी, फागुन महाशिवरात्री, वैशाख त्रयोदशीमा लाग्ने गर्दछ । 

धार्मिक जनविश्वासका साथ पर्सा, बारा, रौतहट, मकवानपुर, चितवन, भारतको  बेतिया,मोतिहारी,बगहा, नरकटियागञ्ज, लौरिया, रामनगर, सिकटा, मैनाटाड, ईनार्वा ,सितामढी लगायत विभिन्न स्थान र  शहरहरुबाट दुधेश्वर महादेवप्रति आस्था विश्वास लिएर भक्तजनहरु आउने गरेका दुधेश्वर महादेव मन्दिर व्यवस्थापन समितिका अध्यक्ष ज्ञनालाल पटेलले बताए । 

नेपाल, भारतबाट आएका श्रद्धालु भक्तजनहरुले पुजापाठ गरी मागेको भाकल पूर्ण हुने विश्वास रहेको छ । मन्दिरमा अहिले पनि निर्माणको काम भइरहेको त । मन्दिरमा बाटो घाटो र शान्ति सुरक्षाको व्यवस्थापन गरिएको पटेर्वासुगौली गाउँपालिका अध्यक्ष दिनेश कुमार चौधरीले जानकारी दिए । 

ADV

सम्बन्धित खबर

Advertise