२०८३ असोज ८ गते बिहिवार / Sep 24 , 2026 , Thursday
२०८३ असोज ८ गते बिहिवार

खानेपानी विभागको महानिर्देशकमा ई.रामकुमार श्रेष्ठ

Nada
२०८१ साउन ७ गते २१:०३
Shares
खानेपानी विभागको महानिर्देशकमा ई.रामकुमार श्रेष्ठ

काठमाडौ : खानेपानी तथा ढल व्यवस्थापन विभागको महानिर्देशकमा ई.रामकुमार श्रेष्ठ नियुक्त भएका छन् ।

ncell

सोमबार बसेको मन्त्रीस्तरीय बैठकले खानेपानी तथा ढल व्यवस्थापन विभागका उपमहानिर्देशक श्रेष्ठलाई महानिर्देशकमा नियुक्त गर्ने निर्णय गरेको हो । नव नियुक्त महानिर्देशक श्रेष्ठले गत वर्षको भदौ २२ गतेदेखि सोही विभागको उपमहानिर्देशकको जिम्मेवारी सम्हाल्दै आएका थिए ।

श्रेष्ठ विभागको २८औं महानिर्देशक हुन् । उनी विभागको इतिहासमा उमेरले सबैभन्दा कान्छो महानिर्देशक समेत हुन् । श्रेष्ठसँग यसअघि मेलम्ची खानेपानी विकास समितिको कार्यकारी निर्देशक, गण्डकी प्रदेश सरकारको ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालयको सचिवको जिम्मेवारी सम्हालेको अनुभव छ ।

महानिर्देशकको जिम्मेवारी सम्हाल्दै महानिर्देशक श्रेष्ठले २० वटा अस्थायी प्रकृतिका आयोजना कार्यालयहरुलाई स्थायी कार्यालयमा रुपान्तरण गर्नुपर्ने, विभागको संगठनात्मक संरचना स्वीकृत गराउनुपर्ने, स्रोत सहमति, ठेक्का पट्टा व्यवस्थापन लगायत सबै कामलाई मिलाएर लैजानुपर्ने बताएका छन् ।

ताजा खबर

सम्बन्धित खबर