२०८२ असोज ३१ गते शुक्रवार / Oct 17 , 2025 , Friday
२०८२ असोज ३१ गते शुक्रवार
Ads

दल घोषणा गर्दै मिराज ढुंगाना

shivam cement
मध्यान्ह
२०८२ असोज ३१ गते १३:४०
दल घोषणा गर्दै मिराज ढुंगाना

काठमाडौं : जेनजी आन्दोलनका अगुवामध्येका एक मिराज ढुंगानाले नयाँ राजनीतिक दल घोषणा गर्ने भएका छन् । उनले शनिबार दिउँसो १ बजे राजधानीको एभरेष्ट होटलमा पत्रकार सम्मेलन गरी पार्टीको औपचारिक घोषणा गर्ने तयारी गरेका छन् ।

ढुंगानाले सामाजिक सञ्जालमार्फत एक भिडियो सार्वजनिक गर्दै दल गठनका लागि ‘पार्टी गठन वार्ता समिति’ गठन भइसकेको जानकारी दिएका छन् । उनका अनुसार नयाँ दलको प्रमुख एजेन्डा प्रत्यक्ष कार्यकारी प्रधानमन्त्रीको व्यवस्था, विदेशमा रहेका नेपालीलाई मतदान अधिकार दिलाउने र भ्रष्टाचार नियन्त्रणका लागि नागरिक तहको संयन्त्र स्थापना गर्ने रहनेछ ।

“राजनीतिक दल खोल्नुको अर्थ अहिलेको अवस्थामै निर्वाचनमा जानु होइन,” ढुंगानाले भनेका छन्, “जबसम्म हाम्रो बटमलाइन- प्रत्यक्ष कार्यकारी प्रधानमन्त्री, वैदेशिक नेपालीको भोट अधिकार र नागरिक तहको भ्रष्टाचार नियन्त्रण निकाय सुनिश्चित हुँदैन, तबसम्म हामी निर्वाचनमा जाने छैनौं ।”

ढुंगानाले भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनलाई देश परिवर्तनको अभियानका रूपमा व्याख्या गर्दै त्यसलाई अझ शान्तिपूर्ण र संगठित रूपमा अघि बढाउने बताएका छन् । 

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise