२०८३ असोज ८ गते बिहिवार / Sep 24 , 2026 , Thursday
२०८३ असोज ८ गते बिहिवार

उपसभामुख रानामाथि छानबिन गर्न कांग्रेसको माग

Nada
२०८१ साउन ६ गते १३:४०
Shares
उपसभामुख रानामाथि छानबिन गर्न कांग्रेसको माग

काठमाडौं : उपसभामुख इन्दिरा राना मगरले असम्बन्धित व्यक्तिलाई अमेरिकी भिसाका लागि गरेको सिफारिसविरुद्ध प्रतिनिधिसभामा कुरा उठेको छ । 

ncell

नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले आइतबारको बैठकमा यो कुरा उठाएका हुन् ।

आइतबार बसेको प्रतिनिधि सभाको बैठकमा सुरुमै कांग्रेसका सांसद रामहरि खतिवडाले असम्बन्धित पाँच जना व्यक्तिलाई अमेरिका पठाउन उपसभामुख रानाले आफ्नो लेटरहेटड प्रयोग गरेको बताए । यसलाई उनले मानव तस्करसँग जोडेर ब्याख्या गरे ।

संसदसँग कुनै साइनो नभएका पाँच जना मान्छे मानव तस्करले प्रयोग गरेर अमेरिकाको भिसाको अन्तर्वार्ता लागि उपसभामुखलाई प्रयोग गरिएको बताउँदै सांसद खतिवडाले यस्तो अवस्थामा उपसभामुखले संसदको कमाण्ड गर्न सुहाउँछ कि सुहाउन्न भन्दै प्रश्न गरे । उनले यस विषयमा छानबिन हुनुपर्ने पनि माग गरे ।

उनले सांसद रवि लामिछानेलाई इङ्गित गर्दै देशको सूचना बेच्ने मान्छे यहीँ छ भनेर कसैले भनेको सुनेको थियौँ, सूचना हैन मान्छे बेच्ने मान्छे यहीँ कतै छ कि छानबिन हुनुपर्छ भन्दै कटाक्ष गरे ।

ताजा खबर

सम्बन्धित खबर