२०८२ साउन १९ गते सोमवार / Aug 04 , 2025 , Monday
२०८२ साउन १९ गते सोमवार
Ads

उपसभामुख रानामाथि छानबिन गर्न कांग्रेसको माग

shivam cement
मध्यान्ह
२०८१ साउन ६ गते १३:४०
उपसभामुख रानामाथि छानबिन गर्न कांग्रेसको माग

काठमाडौं : उपसभामुख इन्दिरा राना मगरले असम्बन्धित व्यक्तिलाई अमेरिकी भिसाका लागि गरेको सिफारिसविरुद्ध प्रतिनिधिसभामा कुरा उठेको छ । 

नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले आइतबारको बैठकमा यो कुरा उठाएका हुन् ।

आइतबार बसेको प्रतिनिधि सभाको बैठकमा सुरुमै कांग्रेसका सांसद रामहरि खतिवडाले असम्बन्धित पाँच जना व्यक्तिलाई अमेरिका पठाउन उपसभामुख रानाले आफ्नो लेटरहेटड प्रयोग गरेको बताए । यसलाई उनले मानव तस्करसँग जोडेर ब्याख्या गरे ।

संसदसँग कुनै साइनो नभएका पाँच जना मान्छे मानव तस्करले प्रयोग गरेर अमेरिकाको भिसाको अन्तर्वार्ता लागि उपसभामुखलाई प्रयोग गरिएको बताउँदै सांसद खतिवडाले यस्तो अवस्थामा उपसभामुखले संसदको कमाण्ड गर्न सुहाउँछ कि सुहाउन्न भन्दै प्रश्न गरे । उनले यस विषयमा छानबिन हुनुपर्ने पनि माग गरे ।

उनले सांसद रवि लामिछानेलाई इङ्गित गर्दै देशको सूचना बेच्ने मान्छे यहीँ छ भनेर कसैले भनेको सुनेको थियौँ, सूचना हैन मान्छे बेच्ने मान्छे यहीँ कतै छ कि छानबिन हुनुपर्छ भन्दै कटाक्ष गरे ।

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise