२०८३ भदौ ३१ गते बुधवार / Sep 16 , 2026 , Wednesday
२०८३ भदौ ३१ गते बुधवार

सूर्यपुर युवा क्लब सेमिफाइनलमा

Nada
सुवास लामिछाने
२०८२ भदौ १४ गते २२:२५
Shares
सूर्यपुर युवा क्लब सेमिफाइनलमा

माडी, चितवन : माडीको बरुवामा जारी ३०औं स्टार कप राष्ट्रिय स्तरको फुटबल प्रतियोगितामा सूर्यपुर युवा क्लब सेमिफाइनलमा प्रवेश गरेको छ ।

ncell

आयोजक स्टार स्पोर्ट युवा क्लब बरुवाका पूर्वसचिव टिकाराम सुवेदीका अनुसार शनिबार भएको क्वार्टरफाइनल खेलमा सूर्यपुरले वीरगन्ज युथ एकेडेमीलाई ३–० को फराकिलो अन्तरले पराजित गर्दै अन्तिम चारमा स्थान सुरक्षित गरेको हो ।

सूर्यपुरका लागि अश्विन तामाङ, मोहित गुरुङ र विक्रम लामाले एक–एक गोल गरेका थिए । उत्कृष्ट प्रदर्शनका आधारमा अश्विन तामाङ ‘म्यान अफ द म्याच’ घोषित भए ।

प्रतियोगिताअन्तर्गत आइतबार हुने तेस्रो क्वार्टरफाइनल खेलमा वसन्तपुर युनाइटेड क्लब माडी र सौराहाको प्याराडाइज युवा क्लबबीच प्रतिस्पर्धा हुने छ ।

स्टार स्पोर्ट युवा क्लब बरुवाले नेपाली महिलाहरूको महान पर्व हरितालिका तीज तथा जितियाको अवसर पारेर आयोजना गरेको प्रतियोगितामा १० टोली सहभागी छन् ।

प्रतियोगिताको विजेता टोलीले ट्रफी, मेडल, प्रमाणपत्रसहित नगद २ लाख ५१ हजार १११ रुपैयाँ पाउनेछ भने उपविजेताले मेडल, प्रमाणपत्र र नगद १ लाख २५ हजार ५५५ रुपैयाँ प्राप्त गर्नेछ । त्यस्तै, उत्कृष्ट खेलाडीहरूलाई पनि विशेष विधागत पुरस्कार प्रदान गरिने आयोजक क्लबका अध्यक्ष सन्देश बरालले जानकारी दिए ।

सम्बन्धित खबर