२०८३ भदौ ३१ गते बुधवार / Sep 16 , 2026 , Wednesday
२०८३ भदौ ३१ गते बुधवार

हिमालय एयरलाइन्समार्फत प्रधानमन्त्री ओली तियानजिन प्रस्थान

Nada
२०८२ भदौ १४ गते २१:२९
Shares
हिमालय एयरलाइन्समार्फत प्रधानमन्त्री ओली तियानजिन प्रस्थान

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली हिमालय एयरलाइन्सको विमानमार्फत शनिबार चीन प्रस्थान गरेका छन् । २३ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उनी हिमालय एयरलाइन्सको विशेष उडानमार्फत चीनको तियानजिनका लागि उडान गरेका हुन् ।

ncell

प्रधानमन्त्री ओलीका साथमा उनकी पत्नी राधिका शाक्य, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्त, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे, अर्थ तथा विकास सल्लाहकार युवराज खतिवडा सहित प्रधानमन्त्रीको सचिवालयका सदस्य तथा उच्च पदस्थ कर्मचारी छन् । प्रतिनिधिमण्डल यही सेप्टेम्बर ३ मा हिमालयकै एयरबस ३२०–२१४ मार्फत बेइजिङबाट नेपाल फर्कने कार्यक्रम रहेको एयरलाइन्सले जनाएको छ । विशिष्ट प्रतिनिधिमण्डललाई स्वागत गर्न हिमालय एयरलाइन्सका अध्यक्ष झोउ एन्योङ विमानस्थलमा उपस्थित भएका थिए । 

प्रधानमन्त्रीको भ्रमण टोलीलाई बिदाइ गर्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उपस्थित एयरलाइन्सका उपाध्यक्ष विजय श्रेष्ठले पनि पुगेका थिए । उनले सरकार प्रमुखको औपचारिक भ्रमणका निम्ति विशेष उडान सञ्चालन गर्नु हिमालय एयरलाइन्सका लागि साँच्चै ठूलो सम्मानको कुरा भएको बताएका थिए ।

प्रधानमन्त्री नेतृत्वको टोली सवार एयरबस ३१९–११५, ९एन–एजेके त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बिहान ७ः२३ बजे प्रस्थान गरेको थियो । दिउँसो ३ः१५ बजे (स्थानीय समय) तियानजिन विनहाइ अन्तर्राष्ट्रिय विमानस्थलमा सुरक्षित अवतरण गरेको एयरलाइन्सले जनाएको छ ।
 

सम्बन्धित खबर