२०८३ भदौ ३१ गते बुधवार / Sep 16 , 2026 , Wednesday
२०८३ भदौ ३१ गते बुधवार

पाकिस्तानमा बाढीका कारण एक लाख ५० हजार विस्थापित

Nada
२०८२ भदौ १२ गते १५:४३
Shares
पाकिस्तानमा बाढीका कारण एक लाख ५० हजार विस्थापित

काठमाडौंः भारतको बाँधबाट अतिरिक्त पानी छोडेको चेतावनी पाएपछि पाकिस्तानी अधिकारीहरूले पञ्जाब प्रान्तका तीनवटा प्रमुख नदीका छेउछाउका क्षेत्रहरूबाट एकलाख ५० हजारभन्दा बढी मानिसहरूलाई सुरक्षित स्थानमा स्थानान्तरण हुन सूचना जारी गरेको छ । 

ncell

भारी वर्षा र बाढीले पानीको सतहले खतराको सिमा पार गरेपछि भारतीय पक्षबाट पानी छोड्दा पन्जाबको ठुलो भाग डुबानमा पर्ने खतरा रहेको पाकिस्तानी अधिकारीहरूले बताएका छन् ।  

पाकिस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ताले भारतको पछिल्लो चेतावनी अघि नै निकासी सुरु भएको तथा अझै जारी रहेको जनाएका छन् । उनका अनुसार यो अभियानमा लगभग ३५ हजार मानिस चेतावनी पछि स्वेच्छाले सुरक्षितस्थलतर्फ भागेका छन् । 

पन्जाब र कश्मीरमा आगामी दिनमा पुनः भारी वर्षाको चेतावनीको बीचमा रावी, सतलज र चेनाब नदिले ठूलो बाढीको सामना गरिरहेको जनाइएको छ । 

सम्बन्धित खबर