२०८२ साउन १२ गते सोमवार / Jul 28 , 2025 , Monday
२०८२ साउन १२ गते सोमवार
Ads

बैंकिङ अपराधको भयावह स्थिति

shivam cement
जीवन शर्मा
२०८२ साउन १२ गते ०६:३५
बैंकिङ अपराधको भयावह स्थिति

काठमाडौं : नेपालमा समग्र अपराधको अवस्था केही घटेको देखिए पनि बैंकिङ अपराधमा भयावह स्थिति देखापरेको छ । एक आर्थिक वर्ष २०८१/८२ मा देशभरका प्रहरी कार्यालयमा परेका अपराधका ५८ हजार ४ सय ७२ जाहेरीमध्ये बैंकिङ कसुरमा १३ हजार ८ सय ३७ मुद्दा दर्ता भएका हुन् ।  

नेपाल प्रहरीको गत आर्थिक  २०८१/८२ को प्रहरीको तथ्यांकअनुसार बैंकिङ कसुरसम्बन्धी मुद्दा पहिलो नम्बरमा आएको छ । २०८०/८१ मा देशभरका प्रहरी कार्यालयमा मुद्दा दर्ता भएको संख्या ५९ हजार २ सय ३ थियो । अघिल्लो वर्षको तुुलनामा पछिल्लो आर्थिक वर्षमा ७ सय ३१ मुद्दा घटेका छन् ।  यसले समग्र अपराधका संख्यामा केही घटे पनि बैंकिङ मुद्दाको अवस्थामा वृद्धि भएको प्रहरीले जनाएको छ ।

नेपाल प्रहरीले वर्षभरका मुद्दाको तथ्यांक विश्लेषण गरी १० प्रकारका कसुरलाई प्राथमिकतासाथ प्रतिवेदन सार्वजनिक गरेको छ । जसअनुसार सार्वजनिक हित स्वास्थ्य, सुरक्षा र सुविधाको नैतिकताविरुद्धको ८ हजार ५ सय १९, आत्महत्या ६ हजार ८ सय ५२, लागूऔषध ५ हजार ६१, चोरी ३ हजार ६ सय ५६, जबर्जस्ती करणी २ हजार २ सय ५३, ठगी २ हजार १ सय १८, सवारी ज्यान १ हजार ९ सय ९, ज्यान मार्ने उद्योग १ हजार ८१ र बहुविवाहको कसुरमा ५ सय ६८ मुद्दा दायर भएका थिए । 

त्यस्तै, योजनबद्ध रूपमा व्यक्ति हत्या गरेको अभियोगमा ५ सय १०, अपहरणका १ सय ४२, मानव बेचबिखनका १ सय ५२ मुद्दा रहेका छन् ।   प्रहरीमा दैनिक १ सय ६० मुद्दा दर्ता हुने गरेको नेपाल  प्रहरी प्रवक्ता  प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेले जानकारी दिए । ‘हामीले गत एक वर्षको मुद्दाको अवस्था विश्लेषण गर्दा सबैभन्दा बढी बैंकिङ कसुरमा मुद्दा दायर भएको पाएका छौं,’ उनले भने, ‘यसले पछिल्लो समय बैंक तथा वित्तीय कारोबारसम्बन्धी अपराधले भयावह स्थिति निम्त्याएको भन्न सकिन्छ ।’ 

बैंकिङ कसुरमा पनि सबैभन्दा बढी उपत्यकामा अपराध हुने गरेको पाइएको छ । ‘बैंकिङ कसुरमा पनि सहरकेन्द्रित बढी देखिएको छ,’ प्रवक्ता घिमिरेले भने, ‘उपत्यकामा सबैभन्दा बढी अर्थात् ८ हजार ८० (५८.३९ं प्रतिशत) बैंकिङ अपराधका मुद्दा दर्ता भएका छन् भने बाँकी देशभर ४१.६१ प्रतिशत मात्रै मुद्दा परेका छन् । सबैभन्दा कम कर्णाली प्रदेशमा २ सय ९७ (२.१४ प्रतिशत) बैंकिङ अपराधका मुद्दा छन् । 

यसले काठमाडौं उपत्यकामा बैंकिङ अपराधको स्थितिलाई गम्भीर रूपमा लिनुपर्ने प्रहरीले जनाएको छ । उपत्यकामा ८ हजार ८० मुद्दा दर्ता हुँदा मधेस प्रदेशमा १ हजार २ सय ७८, कोसीमा १ हजार २ सय ५३, लुम्बिनीमा ८ सय ८२, बाग्मतीमा ७ सय ९८, गण्डकीमा ८ सय ६ र सुदूरपश्चिम प्रदेशमा ४ सय ४३ मुद्दा दर्ता भएको प्रहरीको तथ्यांकमा उल्लेख छ ।  

बैंकिङ कसुर मुद्दाको कानुनी प्रक्रिया 

बैंक तथा वित्तीय संस्थाले चेक जारी भएको मितिले ६ महिनाभित्र चेक बाउन्स गराउनुपर्नेछ । बैंकिङ कसुर ऐनअन्तर्गत कसुरमा त्यस्तो कुसुर भएको थाहा भएको मितिले एक वर्षभित्र जाहेरी दिन सक्नेछन् । त्यसरी जाहेरी परेको मितिले ६ महिनाभित्र अदालतमा मुद्दा दायर गर्ने प्रावधान रहेको प्रहरी अधिकारीले बताउँछन् । तर, बैंक तथा वित्तीय संस्थाको कर्मचारी वा पदाधिकारीको हकमा जुुनसुकै समयमा पनि मुद्दा चलाउन सकिनेछ व्यवस्था छ । बैंकिङ कसुर मुद्दामा बढीमा ६० दिनसम्म थुनामा राखी अनुसन्धान गर्न सकिनेछ । सुरक्षा

कर्मीविरुद्ध ३७ सय उजुरी

एक वर्षमा नेपाल प्रहरीका विभिन्न सुरक्षाकर्मीविरुद्ध ३७ सय भदा बढी उजुरी परेको छ । नेपाल प्रहरी प्रधान कार्यालयको तथ्यांकअनुसार आर्थिक वर्ष २०८१/८२ मा ३ हजार ७ सय ५३ उजुरी प्रहरी प्रवक्ता घिमिरेले बताए । तीमध्ये ८१ प्रतिशत पर्छ्यौट भएको उनको भनाइ छ । 

घिमिरेका अनुसार ७ सय उजुरी भने छानबिनकै क्रममा छन् ।  ई–कम्प्लेन, अख्तियार, गृह मन्त्रालय, टोल फ्री नम्बर, प्रहरी महानिरीक्षकको सचिवालय, प्रधानमन्त्रीको कार्यालय तथा हेलो सरकार, राष्ट्रिय सतकर्ता केन्द्र, व्यक्ति स्वयंमार्फत र हुलाकमार्फत प्रहरी कर्मचारीविरुद्ध उजुरी आउने गरेको प्रवक्ता घिमिरेले बताए । जसमध्ये सबैभन्दा बढी हेलो सरकारमार्फत १९ सय ६ उजुरी परेको प्रहरीको तथ्यांकमा उल्लेख छ ।

ADV

सम्बन्धित खबर

Advertise