२०८२ कार्तिक ८ गते शनिवार / Oct 25 , 2025 , Saturday
२०८२ कार्तिक ८ गते शनिवार
Ads

तीन मुक्तक

shivam cement
२०८१ असार २९ गते ०६:३०
तीन मुक्तक

– गणेश लोहनी 

१.
कस्को कुरा पत्याउनु सबै मिलि घे–यो भन्छन्
मुलुकको वास्ता छैन उत्तर दक्षिण हे–यो भन्छन्
कहिले गोरे कहिले काले पालैपालो छ राईंदाईं 
मेरो देशका भण्डारेले अर्को कोल्टे फे–यो भन्छन् ।।

२. 
आँखाबाट आगो ओकल्दै हुँडार कराइरहेको छ
असत्यकै कोलाहलमा सत्य स्वयम् हराइरहेको छ
सत्यमेव जयते उद्घोषका साथ अगाडी बढिरहौं
कागजी बाघसँग सत्याग्रही व्यर्थै डराइरहेको छ ।। 

३. 
स्वसिद्ध छ वर्षाको भेल दुवै किनारा माडी आउँछ
अवलोकनका बहानामा चमचमाउँदा गाडी आउँछ
बाढी पीडितहरूका तस्विर लिनका लागि सायद
हेलिकोप्टर चढ्दै सरकार विवेक उतै छाडी आउँछ ।।

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise