२०८३ असोज ९ गते शुक्रवार / Sep 25 , 2026 , Friday
२०८३ असोज ९ गते शुक्रवार

चाबहिलमा एक पुरुषले पेट्रोल छर्केर आफैंलाई आगो लगाए, परिवारका ५ जना घाइते

Nada
२०८१ जेठ २३ गते १३:३२
Shares
चाबहिलमा एक पुरुषले पेट्रोल छर्केर आफैंलाई आगो लगाए, परिवारका ५ जना घाइते

काठमाडौं : काठमाडौं महानगरपालिका–७ चाबहिलस्थित सरस्वतीनगरमा एक पुरुषले पेट्रोल छर्केर आफैंलाई आगो लगाएका छन् ।

ncell

मंगलबार राति ५२ वर्षीय चञ्चल सिहंले शरीरमा पेट्रोल छर्केर आफैंलाई आगो लगाएका हुन् ।

सोक्रममा आगो निभाउन जाँदा परिवारका अन्य ४ जना पनि घाइते भएका छन् ।

घरायसी विषयमा श्रीमतीसँग विवाद भएपछि श्रीमानले पेट्रोल छर्केर आफ्नै शरीरमा आगो लगाएका थिए ।

श्रीमानले शरीरमा आगो लगाएपछि निभाउन गएकी श्रीमती र तीन छोरी पनि घाइते भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

घाइते पाँचै जनाको अहिले कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचार भइरहेको छ ।

ताजा खबर

सम्बन्धित खबर