२०८३ असोज २ गते शुक्रवार / Sep 18 , 2026 , Friday
२०८३ असोज २ गते शुक्रवार

नेपाल एसबिआई एनपीएस नेशनल कार्ड स्वीचमा आबद्ध

Nada
२०८२ जेठ २६ गते २२:०१
Shares
नेपाल एसबिआई एनपीएस नेशनल कार्ड स्वीचमा आबद्ध

काठमाडौं : नेपाल एसबिआई बैंक लिमिटेडले एनपीएस नेशनल कार्ड स्वीच तथा नेपाल पे कार्डको प्रिन्सिपल मेम्बरसिपका लागि नेपाल क्लियरिङ हाउस लिमिटेडसँग सम्झौता गरेको छ । 

ncell

उक्त सम्झौतापत्रमा बैंकका प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत रामकुमार तिवारीको उपस्थितिमा बैंकका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख सञ्चालन अधिकृत विकास आनन्द र एनसीएचएलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधानले हस्ताक्षर गरेका हुन् ।

सो कार्यक्रममा बैंकका प्रमुख वित्तिय अधिकृत राजेश कुमार पंडा, सल्लाहकार छपिराज पन्त, प्रमुख प्रविधि अधिकृत सुनन्द मल्होत्रा, प्रमुख व्यवसाय प्रवद्र्धन अधिकृत रितेश अर्याल लगायत अन्य वरिष्ठ अधिकारीहरूको उपस्थिति रहेको थियो । यस सम्झौतासँगै बैंकले डोमेस्टिक कार्ड योजना नेपाल पे कार्ड जारी गर्ने र प्राप्त गर्ने प्रयोजनका लागी स्विच एकीकृत गर्न सक्ने जनाइएको छ ।

ताजा खबर

सम्बन्धित खबर