२०८३ असोज १ गते बिहिवार / Sep 17 , 2026 , Thursday
२०८३ असोज १ गते बिहिवार

१० महिनामा ५ करोड राजस्व संकलन

Nada
२०८२ जेठ २३ गते ०९:०८
Shares
१० महिनामा ५ करोड राजस्व संकलन

सुनसरी : सशस्त्र प्रहरी बल ४ नम्बर गणले चालु आर्थिक वर्षमा रु पाँच करोडभन्दा बढी राजस्व संकलन गरेको छ । 

ncell

सशस्त्र प्रहरी बलले चालु आवको प्रथम १० महिनामा रु पाँच करोड एक लाख ९७ हजार ४४५ राजस्व संकलन गरेको सशस्त्र प्रहरी उपरीक्षक निर्मल थापाले जानकारी दिए । 

चालु आवको साउनमा रु ४७ लाख ३४ हजार ४६९, भदौमा रु ६१ लाख पाँच हजार ५०२, असोजमा रु ३२ लाख ९ हजार ५३६, कात्तिकमा रु ३६ लाख ३७ हजार २०७, मङ्सिरमा रु ५२ लाख ९१ हजार ५६४, पुसमा रु ७१ लाख ६८ हजार २९८, माघमा रु ४० लाख ३२ हजार ६५५ राजस्व संकलन भएको छ ।

त्यसैगरी, फागुनमा रु ४२ लाख ९५ हजार ६७२, चैतमा रु ३४ लाख ५५ हजार ५०५, वैशाखमा रु ४७ लाख एक हजार ३८७ र जेठमा रु ३५ लाख ६५ हजार ५५० गरी जम्मा रु पाँच करोड एक लाख ९७ हजार ४४५ राजस्व संकलन भएको छ । 

ताजा खबर

सम्बन्धित खबर