२०८३ असोज १ गते बिहिवार / Sep 17 , 2026 , Thursday
२०८३ असोज १ गते बिहिवार

१३१ जना ज्येष्ठ नागरिक सम्मानित

Nada
सुर्य प्रकाश बुढा मगर
२०८२ जेठ २० गते २०:५२
Shares
१३१ जना ज्येष्ठ नागरिक सम्मानित

रोल्पा : परिवर्तन गाउँपालिकाभित्र रहेका १ सय ३६ जना ज्येष्ठ नागरिकलाई सम्मान गरिएको छ । गाउँपालिका महिला तथा बालबालिका शाखा पुतलाचौर रोल्पाको आयोजनामा वडा नं.२ राङसी पोखरामा ज्येष्ठ नागरिकहरुलाई सम्मान गरिएको हो । परिवर्तन गाउँपालिका–२ का २१ जना ज्येष्ठ नागरिकहरुलाई सम्मान गरिएको छ । 

ncell

महिला तथा बालबालिका शाखाको चालु आर्थिक वर्ष २०८१/०८२ को स्वीकृत कार्यक्रम अनुसार १५ जेठदेखि २० जेठसम्म गाउँपालिकाभित्र रहेका ज्येष्ठ नागरिक सम्मान गरिएको थियो । हालसम्म १ सय ३६ जनालाई सम्मान गरिएको गाउँपालिकाले जनाएको छ । 

कार्यक्रममा ज्येष्ठ नागरिकहरुलाई दोसल्ला र अबिर लगाएर सम्मान गरिएको छ । जसमा परिवर्तन गाउँपालिका–१ मा २१ जना, २ मा २१ जना, ३ मा १९ जना,४ मा २४ जना, ५ मा २२१ जना र ६ मा २४ जनालाई सम्मान गरिएको छ । 

वडा नं.२ राङ्सीको पोखरामा भएको कार्यक्रमको अध्यक्षता ज्येष्ठ नागरिक समन्वय समिति परिवर्तन गाउँपालिकाका उपाध्यक्ष दल बहादुर बुढा मगरले गरेका थिए । गाउँपालिकाका अध्यक्ष सुकबहादुर बुढा मगरको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा उपाध्यक्ष कलादेवी खत्रेनी र  निवर्तमान उपाध्यक्ष हित कुमारी बुढा मगरको विशिष्ट आतिथ्यता रहेको थियो । 

कार्यक्रममा गाउँपालिकाका प्रवक्ता तथा परिवर्तन गाउँपालिका –२ का वडाध्यक्ष हरिप्रसाद बुढा मगर, २ का वडा सदस्य उत्सिपा विक,जय बहादुर घर्ती,दल बहादुर डाँगी,प्रशिक्षक लक्ष्मीप्रसाद आचार्य,महिला तथा बालबालिका शाखा प्रमुख बिनिता खड्का,राङ्सी स्वास्थ्य चौकी प्रमुख उर्मिला घर्ती,परिवर्तन गाउँपालिका–२ का पशु प्राविधिक पवित्रा रोका लगायतको आतिथ्यता रहेको थियोे । 

ज्येष्ठ नागरिक समन्वय समितिका सदस्य मन बहादुर बुढा मगरको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा गाउँपालिकाका अध्यक्ष बुढामगरले ज्येष्ठ नागरिकहरु समाजको महत्वपूर्ण खम्बा भएको बताए । 

वडा नं.२ का वडाध्यक्ष बुढामगरले घर नजिकको सरकारले हरेक वर्ष फरक–फरक ज्येष्ठ नागरिकहरुलाई सम्मान गर्दै आएको बताए । 

प्रशिक्षक लक्ष्मीप्रसाद आचार्यले ज्येष्ठ नागरिकहरुले आफ्नो छोरा–छोरीहरुको साथ सहयोग,माया र सम्मान चाहेको बताए । कार्यक्रमको संचालन अनिशा घर्ती मगरले गरेकी थिइन् ।

ताजा खबर

सम्बन्धित खबर