२०८३ असोज १ गते बिहिवार / Sep 17 , 2026 , Thursday
२०८३ असोज १ गते बिहिवार

पन्तको 'अफगानिस्तानको आगो' पोर्चुगलमा लोकार्पण

Nada
भरत प्रधान
२०८२ जेठ २० गते १५:०६
Shares
पन्तको 'अफगानिस्तानको आगो' पोर्चुगलमा लोकार्पण

लिस्बन : साहित्यकार रामप्रसाद पन्त (आरपी)द्वारा लिखित संस्मरणात्मक निबन्ध संग्रह 'अफगानिस्तानको आगो' पोर्चुगलमा लोकार्पण गरिएको छ । 

ncell

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) पोर्चुगलको आयोजनामा आइतबार राजधानी लिस्बनमा एक कार्यक्रमका बीच उक्त संग्रहको लोकार्पण गरिएको हो । पुस्तकको लोकार्पण पोर्चुगलका लागि नेपाली राजदूत प्रकाशमणि पौडेल, लिस्बनस्थित नेपाली दूतावासका द्वितीय सचिव रामबाबु नेपाल, अनेसास पोर्चुगलका अध्यक्ष सवी श्रेष्ठ र लेखक पन्तले संयुक्त रूपमा गरेका थिए । कृतिमाथि साहित्यकार अर्जुन श्रीले समीक्षात्मक टिप्पणी गरेका थिए ।  

पूर्व नेपाली सेनासमेत रहेका पन्तले पुस्तकमा रोजगारीका लागि विदेशिएका नेपालीले भोग्नुपरेका समस्या, पीडा, संघर्ष र कथाव्यथालाई प्रवासी नेपालीक‍ो साझा कथाका रुपमा चित्रण गरिएको बताए । उनले युद्धग्रस्त अफगानिस्तानमा कार्यरत नेपालीले भोग्नुपरेको पीडा, भय, त्रास र आफूले नजिकबाट नियालेका युद्धका दृश्य र भोगाइ नै पुस्तकको मुल विषयवस्तु रहेको बताए । वैदेशिक रोजगारीका सिलसिलामा झण्डै आधा दशक अफगानिस्तान रहेका पन्तले घरदेशदेखि परदेशसम्म र परदेशदेखि घरदेशसम्मको संघर्ष र यथार्थ भोगाइलाई निबन्धमार्फत प्रस्तुत गरेको बताए ।

पहिलो कृतिका रूपमा प्रकाशित पन्तको उक्त पुस्तकमा ११ वटा निबन्ध संग्रहित छन् । जसमा लेखकका जीवनसंघर्षका भोगाइहरू, युद्धबाट आक्रान्त अफगानिस्तानमा कार्यरत नेपालीहरूको अवस्था र उनीहरूका परिवारले भोग्नुपरेको पीडा तथा वेदना समेटिएका छन् ।

कार्यक्रममा एनआरएनए आईसीसी सदस्य राजकुमार थापा, नेपाल आदिवासी जनजाति महासंघ पोर्चुगलका अध्यक्ष चोपकुमार रानामगर, नोबेल साकोस साहित्य संस्थाकी अध्यक्ष सरस्वती गौतम, नेपाल पत्रकार महासंघ युरोप शाखाका उपमहासचिव कलश खरेललगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । 

समाजकी अध्यक्ष सवी श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा अनेसासका निवर्तमान केन्द्रीय सदस्य यादव देवकोटाको स्वागत मन्तव्य रहेको थियो । कार्यक्रम अनेसास पोर्चुगलका महासचिव एन बी अन्जानले सञ्चालन गरेका थिए ।
 

ताजा खबर

सम्बन्धित खबर