२०८३ असोज १ गते बिहिवार / Sep 17 , 2026 , Thursday
२०८३ असोज १ गते बिहिवार

यूएईमा राजदूतलाई भेटेर ढिलासुस्तीको गुनासो

Nada
२०८२ जेठ २० गते ०६:१५
Shares
यूएईमा राजदूतलाई भेटेर ढिलासुस्तीको गुनासो

काठमाडौं : नेपाल वैदेशिक रोजगार व्यवसायी संघका तृतीय उपाध्यक्ष वैकुण्ठ पौडेल वैभव र निवर्तमान द्वितीय उपाध्यक्ष सञ्जु गुरुङले यूएईका लागि नेपाली राजदूत तेजबहादुर क्षेत्रीलाई भेटेर मागपत्र प्रमाणीकरणको ढिलासुस्ती अन्त्य गर्न माग गरेका छन् । 

ncell

उनीहरूले सोमबार यूएईस्थित नेपाली राजदूतावासमा राजदूत क्षेत्रीलाई भेटेर उक्त ध्यानाकर्षण गराएको संघका तृतीय उपाध्यक्ष तथा साउदी संयोजक पौडेलले बताए । 

संघका निवर्तमान द्वितीय उपाध्यक्ष गुरुङले आफ्नो कार्यकालमा राखेका समस्या र समाधानका उपायहरूबारे राजदूत क्षेत्रीलाई स्मरण गराउँदै मागपत्र प्रमाणीकरणमा रहेको ढिलाइ हट्न नसकेका कारण नेपाली कामदारको अवसर गुमेको र रोजगारदाताले विकल्प खोज्न थालेको विषय उठाएका थिए ।

जवाफमा राजदूत क्षेत्रीले राजदूतावासमा जनशक्तिको अभाव रहेका कारण व्यवसायीले चाहेको समयमा मागपत्र प्रमाणीकरण गर्न समस्या रहेको भन्दै अस्थायी कर्मचारी भर्नाका लागि बजेटको अभाव रहेकाले बजेटका लागि संघका तर्फबाट पनि पहल गर्न आग्रह गरेको तृतीय उपाध्यक्ष पौडेलले यूएईबाट जानकारी दिए ।

ताजा खबर

सम्बन्धित खबर