२०८२ भदौ ७ गते शनिवार / Aug 23 , 2025 , Saturday
२०८२ भदौ ७ गते शनिवार
Ads

नेपाल एमेच्योर ओपन गल्फ मंगलबारदेखि

shivam cement
मध्यान्ह
२०८२ जेठ १७ गते १८:४८
नेपाल एमेच्योर ओपन गल्फ मंगलबारदेखि

काठमाडौं : नेपाल गल्फ संघको आयोजनामा ११औँ संस्करणको नेपाल एमेच्योर ओपन गल्फ च्याम्पियनसिप हुने भएको छ । मंगलबारदेखि बिहीबारसम्म चल्ने प्रतियोगिता ७२–पारको गोकर्ण गल्फ क्लबमा हुनेछ ।

५४–होलको प्रतिस्पर्धामा नेपालसहित दक्षिण एसियाका बङ्गलादेश, भुटान, श्रीलंका र भारतका गरी ५ राष्ट्रका खेलाडीहरूले उपाधिका लागि दाबेदारी प्रस्तुत गर्ने नेपाल गल्फ संघका महासचिव दीपक आचार्यले जानकारी दिए । प्रतियोगितामा ४५ पुरुष र १० महिला गल्फरको सहभागिता रहने निश्चित छ । 

आइतबारसम्म खेलाडीको नाम दर्ता गर्ने समय रहेकाले यो संख्या बढ्न सक्छ । पुरूषतर्फ व्यक्तिगत र टिम स्पर्धा हुनेछ । पुरुष टिम स्पर्धामा प्रत्येक राष्ट्रले दुई–दुई खेलाडी चयन गर्नेछन् र ३६ होलपछिको संयुक्त स्कोरका आधारमा विजेता घोषणा गरिनेछ ।

आयोजक राष्ट्र नेपालले दुई टिम सहभागी गराउनेछ । नेपालको ‘ए’ टिममा नम्बर एक एमेच्योर गल्फर सद्भाव आचार्य र राष्ट्रिय टिमका सदस्य राहुल विश्वकर्मा रहने निश्चित भइसकेको छ । नेपाल ‘बी’ टिमको टुंगो भने आइतबार लाग्ने छ । व्यक्तिगततर्फ नेपालबाट ३० देखि ३५ खेलाडीको सहभागिता रहनेछ भने भारतबाट दुई महिलासहित १० तथा श्रीलंकाबाट ४ खेलाडी आउनेछन् ।

त्यस्तै, बंगलादेश तथा भुटानबाट २–२ जना खेलाडीको सहभागिता रहनेछ । नेपाली खेलाडीहरूमा कोशी र गण्डकी प्रदेशबाट ६–६ जना खेलाडी छनोट भएर दर्ता भएका छन् । अन्य खेलाडी बागमती प्रदेशबाट रहने नेपाल गल्फ संघका महासचिव आचार्यले बताए ।  व्यक्तिगत पुरुष स्पर्धामा ३६ होलपछि कट लागू गरिनेछ । सहभागी खेलाडीमध्ये उत्कृष्ट ६० प्रतिशतले अन्तिम १८ होलका लागि स्थान सुरक्षित गर्नेछन् । महिला स्पर्धामा नेपाल र भारतका खेलाडीहरूको सहभागिता रहनेछ । 

यो प्रतियोगिता वल्र्ड एमेच्योर गल्फ ¥याङ्किङ (डब्लुएजीआर) द्वारा मान्यता प्राप्त हो । प्रतियोगितामा सहभागी पुरुष तथा महिला खेलाडीहरूले ¥याङ्किङ अंकसमेत प्राप्त गर्नेछन् । विशेषगरी युवा खेलाडीहरूलाई प्रोत्साहन र उनीहरूको विश्व वरीयताका लागि यो प्रतियोगिता महत्त्वपूर्ण रहने नेपाल गल्फ संघका अध्यक्ष टासी घलेले बताए ।

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise