२०८३ असोज १ गते बिहिवार / Sep 17 , 2026 , Thursday
२०८३ असोज १ गते बिहिवार

यातायातका कर्मचारीसहित ४ जनाविरुद्ध मुद्दा दायर

Nada
२०८२ जेठ १६ गते १६:४९
Shares
यातायातका कर्मचारीसहित ४ जनाविरुद्ध मुद्दा दायर

काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात कार्यालय रुपन्देहीका ४ जना कर्मचारीविरुद्ध कागजात कीर्ते गरी भ्रष्टाचार गरेको अभियोगमा आरोपपत्र दायर गरेको छ ।

ncell

यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमतिपत्र, रुपन्देहीमा कार्यरत तत्कालीन कम्प्युटर अपरेटर कमल पराजुलीसहित ४ जनाविरुद्ध गलत लिखत बनाइ सरकारी कागजात कीर्ते गरी भ्रष्टचार गरेको अभियोगमा शुक्रबार विशेष अदालतमा आरोपपत्र दायर गरिएको हो ।

यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमतिपत्र रुपन्देहीमा ०१–०८–००८३६६८७  सभ्यता केसीको मा बी एड हुनुपर्नेमा ०१–०८–०१०३१२६२ अर्कैको नामलाई परिवर्तन गरेर रकम लिई लाइसेन्स दिएको अनुसन्धानबाट खुलेको अख्तियारले जनाएको छ ।

रुपन्देही यातायातका तत्कालीन कम्प्युटर अपरेटर पराजुली र यातायात तुलसीपुरका तत्कालीन कम्प्युटर अपरेटर अनिल बुढामगरले यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमतिपत्र, रुपन्देहीबाट २०७८ साल चैत ७ गते जारी भएको अरु नै आवेदकको आइडी ८४०१६८५ मा जारी भएको क्याटेगोरी बी– कार, जीप डेलिभरी भ्यानको सवारी चालक अनुमपतिपत्रको विवरण परिवर्तन गरी ट्रायल परीक्षामा सहभागी नै नभएका सभ्यता केसीलाई लाइसेन्स दिएको पाइएको हो ।

ताजा खबर

सम्बन्धित खबर