२०८३ असोज २ गते शुक्रवार / Sep 18 , 2026 , Friday
२०८३ असोज २ गते शुक्रवार

महिनावारी स्वच्छता दिवसमा एक्स–पोज नेपालले गर्‍यो साइकल र्‍याली

Nada
२०८२ जेठ १५ गते २०:५७
Shares
महिनावारी स्वच्छता दिवसमा एक्स–पोज नेपालले गर्‍यो साइकल र्‍याली

काठमाडौं : महिनावारी सुरक्षित बनाउनका लागि प्रयासरत संस्था एक्स–पोज नेपालले एघारौं अन्तर्राष्ट्रिय महिनावारी स्वच्छता दिवसको उपलक्ष्यमा साइकल र्‍याली आयोजना गरेको छ ।

ncell

महिला हिंसा तथा महिनावारी सम्बन्धी काम गरिरहेको गैरसरकारी संस्था एक्स–पोज नेपालले हरेक वर्षझै यस वर्ष पनि अन्तर्राष्ट्रिय महिनावारी स्वच्छता दिवसको अवसरमा साइकल र्‍याली गरेको हो । ललितपुरको मंगलबजारबाट सुरू भएको साइकल र्‍याली काठमाडौंको बसन्तपुर पुगेर पुनः मंगलबजारमा नै आएर टुंगिएको थियो । र्‍यालीमा चार सय महिला पुरूष साइकलयात्री सहभागी भएका थिए भने ९० प्रतिशत महिला सहभागी भएको आयोजक संस्था एक्स–पोज नेपालले जनाएको छ । 

साइकल र्‍याली समापन कार्यक्रममा प्रमुख अतिथि राष्ट्रिय महिला आयोगका कार्यवाहक अध्यक्ष कृष्णा कुमारी पौडेल खतिवडाले महिनावारी प्राकृतिक नियम भएको र प्राकृतिक महिनावारीको मुद्दा पुरूष एक्स–पोज नेपालका अध्यक्ष ज्ञान महर्जनले उठाउनुभएकोले उहाँलाई महिनावारी सुरक्षित बनाउनका लागि राज्यले र स्थानीय सरकारले साथ दिनुपर्ने बताइन् । 

उनले महिनावारीको समयमा अछुत जस्तै व्यवहार गरिने पनि महिलानै भएकोले यस्तो किसिमको व्यवहारलाई सुधार्नुपर्ने बताइन् । 

ललितपुर महानगरपालिकाका उपमेयर मञ्जली शाक्यले महिलाहरू महिनावारीको कुरा ढुक्कले गर्नसक्ने हैसिएतमा पुगेकोनै गणतन्त्रका कारणले भएको बताइन् । उनले गणतन्त्र नआएको राष्ट्रहरूमा महिलहरू उत्पिडनमा पर्नुपरेको बताउँदै साइकल चढेर महिलाहरू  परिवारबाट, समाजबाट ढुक्कसंग शहर घुम्नसक्ने बाताबरण भएको गणतन्त्रले भएको बताइन् ।  

नेपालकै प्याडम्यान भनेर चिनिने एक्स–पोज नेपालका अध्यक्ष ज्ञान महर्जनले पहिलो वर्ष अर्थात आठवर्ष पहिले गरेको पहिलो साइकल र्‍यालीमा जम्मा ७२ जना सहभागी भएकोमा एक जना महिला सहभागी भएको बताउँदै यस वर्ष चार सय सहभागीमा ९० प्रतिशत महिला र्‍यालीमा सहभागी भएको बताए । 

यस वर्ष ‘समय–मैत्री संसारको लागि सँगै’ भन्ने नाराका साथ महिनावारी स्वच्छता दिवस मनाइएको छ । यस अभियानमा वाटरएड नेपाल, राष्ट्रिय महिनावारी सञ्जाल, वेल्ट हंगर हिल्फे, एसएनभी नेपाल, युके इन्टरनेशनल डेभलपमेन्ट, युवा नेपाल, आरएचआरएन, डिडब्लुडी लगायतका संस्थाहरूको सहयोग रहेको जनाइएको छ ।

ताजा खबर

सम्बन्धित खबर