२० बैसाख, काठमाडौँ
दीपेन्द्र लामाले निर्देशन गर्ने चलचित्र ‘गोपी’का बारेमा जानकारी दिनका लागि बुधवार राजधानीमा निर्माण घोषणा भएको छ । लामाले यसअघि चलचित्र ‘घामपानी’ निर्देशन गरेका थिए ।
निर्देशक दीपेन्द्र लामाको कथा रहने ‘गोपी’मा सामिप्यराज तिमल्सेनाको पटकथा रहने छ । चलचित्रमा खगेन्द्र लामिछाने, सुरक्षा पन्त, अंकित खड्का, प्रकाश घिमिरे लगायत कलाकारको मुख्य भूमिका रहने कार्यक्रमका घोषणा गरिएको छ ।
अघिल्लो वर्ष प्रदर्शनमा आएको फिल्म ‘धनपति’ मा पहिलो पटक स्क्रिन सेयर गरेका अभिनेता खगेन्द्र र अभिनेत्री सुरक्षा पन्तबीच पुनः जोडी हुने पक्का भएको हो ।
कलाकार खगेन्द्र लामिछाने आफूलाई कथा उत्कृष्ट भएकोले फिल्म खेल्न लागेको बताएका छन् । भदौ १ गतेबाट छायांकन सुरु गरिने फिल्म राजधानी र तराईमा खिचिने बताइएको छ । व्यवसाय गर्ने क्रममा आइपर्ने पारिवारिक, सामाजिक र नीतिगत अड्चनका वावजुत सफलता हात पार्ने एक युवाको कथा चलचित्रमा रहेको निर्माण पक्षले बताएको छ ।
घोषणा सभामा बोल्दै अभिनेता लामिछानेले आफूलाई कथा उत्कृष्ट लागेका कारण फिल्म नछाडेको बताए । उनले भने ‘बधशाला’पछि मैले आफ्नै कथामा मात्र फिल्म गरेको थिएँ । मलाई सधै आफ्नै कथामा मात्र फिल्म गर्ने आरोप लाग्दै आएको थियो तर, अब यो आरोप खेप्नु पर्दैन ।’
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies