२०८३ असोज २ गते शुक्रवार / Sep 18 , 2026 , Friday
२०८३ असोज २ गते शुक्रवार

शिक्षा विधेयक अघि बढाउन मन्त्री पन्तले मागे १ साताको समय

Nada
२०८२ जेठ ११ गते १८:१८
Shares
शिक्षा विधेयक अघि बढाउन मन्त्री पन्तले मागे १ साताको समय

काठमाडौं : शिक्षामन्त्री रघुजी पन्तले विद्यालय शिक्षा विधेयकलाई अघि बढाउन एक साताको समय माग गरेका छन् । 

ncell

सिंहदरबारमा आइतबार बसेको प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति बैठकमा उनले शिक्षकहरूसँग गरेको सहमतिका आधारमा विधेयकलाई अघि बढाउन छलफलमा रहेकाले एक साताको समय माग गरेका हुन् ।  

मन्त्री पन्तले सरकारको मन्त्रीको हैसियतले शिक्षकहरूसँग गरेको ९ बुँदे सहमति कार्यान्वयन गर्न आफू प्रतिबद्ध रहेको बताए । शिक्षक महासंघले ९ बुँदे सहमति भन्दा अघि भएका सहमतिलाई पनि छलफल लैजान जोड दिइरहेको उनले बताए ।  

बैठकमा समिति सभापति अम्मरबहादुर थापाले १ सातापछि बस्ने बैठकमा विधेयकका सन्दर्भमा सरकारको स्पष्ट धारणा ल्याउन निर्देशन दिए। उनले शिक्षकहरूको माग सुनुवाइ नगर्दा सरकारप्रति आन्दोलन भएको भन्दै अब विधेयकलाई अघि बढाउन ढिलाइ गरेर संसदीय समिति विरुद्ध नै आन्दोलन हुने अवस्था सिर्जना नगर्न आग्रह गरे ।  

यस्तै समितिले आगामी१६ र १७ जेठमा मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयको स्थलगत भ्रमण गर्ने निर्णय गरेको छ ।

ताजा खबर

सम्बन्धित खबर