२०८३ असोज २ गते शुक्रवार / Sep 18 , 2026 , Friday
२०८३ असोज २ गते शुक्रवार

नक्कली श्रम स्वीकृतिले नयाँदिल्लीस्थित नेपाली राजदूतावास सतर्क

Nada
२०८२ जेठ ६ गते ०६:२०
Shares
नक्कली श्रम स्वीकृतिले नयाँदिल्लीस्थित नेपाली राजदूतावास सतर्क

काठमाडौं : भारतको नयाँदिल्लीस्थित नेपाली राजदूतावासले भारतीय विमानस्थल हुँदै मध्यपूर्वका देशहरूको भ्रमणमा जान नक्कली श्रम स्वीकृति देखाउने प्रवृत्ति देखिएको भन्दै राजदूतावासको नो अब्जेक्सज लेटर अनिवार्य गरेको छ ।

ncell

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुनर्निर्माण सुरुवात भएपछि नेपालले गत वर्ष कात्तिक २६ गतेदेखि श्रम स्वीकृति भएका नेपाली नागरिकहरूलाई भारतको विमानस्थल हुँदै श्रम गन्तव्य मुलुक जानका लागि नो अब्जेक्सन सर्टिफिकेट (एनओसी) नचाहिने व्यवस्था लागू गरेको थियो ।

दिल्लीस्थित नेपाली राजदूतावासले साउदी अरब, कतार, कुवेत, संयुक्त अरब इमिरेट्स (यूएई), ओमान, बहराइन, इराक, लिबिया र लेबनान जाँदा दूतावासबाट एनओसी लिनुपर्ने, तर वैदेशिक रोजगार विभागबाट श्रम स्वीकृति लिएकाहरूलाई भने एनओसी आवश्यक नपर्ने बताएको थियो ।

पछिल्लो समय भारतीय विमानस्थल हुँदै मध्यपूर्वका केही देशहरूको भ्रमणमा जान नक्कली श्रम स्वीकृति र एनओसी देखाइ अध्यागमन पार गर्न खोज्नेको संख्या बढिरहेको जानकारी भारत सरकारका सम्बन्धित निकायहरूबाट प्राप्त हुन आएको नेपाली दूतावासको भनाइ छ ।

नक्कली कागजातहरू प्रयोग गर्न खोज्ने व्यक्तिहरूलाई भारतीय अध्यागमन अधिकारीले विमानस्थलबाट नियन्त्रणमा लिइ प्रहरी हिरासतमा पठाउने गरेको र त्यस्ता व्यक्तिहरूको संख्यामा वृद्धि हुँदै गइरहेको भन्दै दूतावासले सूचनामा एनओसीको आवश्यकता पर्ने देशहरूको सूची, एनओसी प्राप्त गर्न पूरा गर्नुपर्ने प्रक्रिया, पेश गर्नुपर्ने कागजातहरू र बुझाउनुपर्ने दस्तुरसम्बन्धी विस्तृत जानकारी दूतावासको वेबसाइटमा राखिएको बताएको छ । दूतावासले खाडी मुलुकका लागि भिजिट भिसा भएकाहरूका लागि एनओसीका लागि १ हजार भारतीय रुपैयाँ शुल्क लिने गरेको छ ।

नेपालमा विभिन्न फौजदारी मुद्दामा सजाय पाएका तथा पक्राउ पुर्जी जारी भएकाहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान गर्दा पक्राउ पर्ने डरले भारतीय विमानस्थल प्रयोग गर्ने गरेका छन् ।

ताजा खबर

सम्बन्धित खबर