२०८२ जेठ ३ गते शनिवार / May 17 , 2025 , Saturday
२०८२ जेठ ३ गते शनिवार
Ads

अब आवेदन दिएकै दिन श्रम स्वीकृति प्रदान गरिने

मध्यान्ह
२०८२ जेठ २ गते १७:०३
अब आवेदन दिएकै दिन श्रम स्वीकृति प्रदान गरिने

काठमाडौं : वैदेशिक रोजगार विभागले आवेदन दिएकै दिन श्रम स्वीकृति प्रदान गर्ने भएको छ । वैदेशिक रोजगार विभागको कार्यालय ताहचलमा शुक्रबार पत्रकार सम्मेलनको आयोजना गर्दै रितपूर्वक अनलाइन दरखास्त फारम प्राप्त पश्चात आवेदन दिएकै दिन श्रम स्वीकृति दिने व्यवस्था कार्यान्वयन गरिने जानकारी दिइएको हो ।

आवेदन दिएकै दिन श्रम स्वीकृति प्रदान गर्ने व्यवस्था अबको तीन दिनभित्र कार्यान्वयनमा ल्याइने विभागका उपमहानिर्देशक एवं प्रवक्ता चन्द्रबहादुर शिवाकोटीले जानकारी दिए । उनकाअनुसार केही दिनभित्रै आवेदन दिएको दुई घण्टाभित्रै श्रम स्वीकृति प्रदान गर्ने व्यवस्था लागू गरिनेछ ।

उनले सेवाप्रवाहलाई चुस्त, दुरुस्त र प्रभावकारी बनाउने गरी विभाग अगाडि बढिरहेको जानकारी दिए । उनले सार्वजनिक सेवा प्रवाहका नवीनतम प्रविधिको सदुपयोग गरी मूर्त रूप दिन थप सकरात्मक पहल गर्दै सूचना प्रविधिमा आधारित सेवा प्रवाहलाई थप प्रभावकारी र संस्थागत गर्दै लगिने प्रतिबद्धता समेत व्यक्त गरे ।

उनले सार्वजनिक सेवाको क्षेत्रमा देखिएका वैदेशिक रोजगारीसम्बन्धी ठगी, राहत, उद्धार, अनुगमन र नियमनमा थप प्रभावकारी कदम चाल्न वैदेशिक रोजगार विभाग क्रियाशील रहेको समेत दाबी गरे ।

साइबर सुरक्षा नीति र एआई नीति प्रणालीमा आन्तरिकीकरण गर्न तत्काल कार्यजोजना बनाइ लागू गरिने उपमहानिर्देशक शिवाकोटीले जानकारी दिए ।

ADV

सम्बन्धित खबर