२०८३ असोज २ गते शुक्रवार / Sep 18 , 2026 , Friday
२०८३ असोज २ गते शुक्रवार

होमस्टे प्रवर्धनका लागि वृक्षारोपण

Nada
सन्तोष पौडेल
२०८२ जेठ १ गते २१:१६
Shares
होमस्टे प्रवर्धनका लागि वृक्षारोपण

‎बर्दिया : ‎‎बर्दियाको राजापुरमा होमस्टे प्रवर्धनका लागि वृक्षारोपण अभियान थालिएको छ ।‎ ‎अभियान अन्तर्गत थारु तथा सोनाहा होमस्टे सञ्चालन भएको वडा नं. १ को मुर्गहुवा गाउँमा रहेका सडकको दुवै किनारामा वृक्षरोपण थालिएको हो ।

ncell

‎गुड नेवर्स इन्टरनेशनल नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा सोनाह विकास समाजद्वारा सञ्चालित एकीकृत सामुदायिक विकास परियोजनामार्फत अभियानको थालनी गरिएको हो ।

‎होम स्टेलाई वातरणणमैत्री बनाउन तथा सुन्दरता प्रदान गर्न  वृक्षरोपण अभियान थालिएको सोनाह विकास समाजका कार्यक्रम संयोजन रत्न के.सी.ले बताए । 

‘अभियान अन्तर्गत डोल्डमोर, गुलाव र वकमवेली प्रजातिका करिब ७ सय फुलका बिरुवाहरु रोपिने छ’ उनले भने । 

उनले थपे, ‘जसले भविष्यमा  होमस्टेमा घुम्न आउने पर्यटकको संख्यामा वृद्धि गर्नमा सघाउँछ ।’ ‎‎समुदायको सहभागितामा संचालन भएको अभियानको शुभारम्भ राजापुर नगरपालिकाका प्रमुख दिपेश थारुले गरेका हुन् । 

‎शुभारम्भ कार्यक्रममा उपप्रमुख मनकला चौधरी, वडा नं.४ का वडाध्यक्ष विदुर पोख्रेल, गुड नेबर्स इन्टरनेशनल नेपालका कलष्टर संयोजक अरुण कुमार चौधरी, कालिका माध्यमिक विद्यालयका इ–को क्लवमा आवद्ध विद्यार्थी, स्थानीय लगायतको सहभागिता रहेको थियो ।

ताजा खबर

सम्बन्धित खबर