२०८३ असोज २ गते शुक्रवार / Sep 18 , 2026 , Friday
२०८३ असोज २ गते शुक्रवार

बज्रयोगिनी योग साधना समूहले मनायो बुद्ध जयन्ती

Nada
२०८२ जेठ १ गते २१:०४
Shares
बज्रयोगिनी योग साधना समूहले मनायो बुद्ध जयन्ती

काठमाडौं : २५६९ औं बुद्ध जयन्तीको अवसरमा बज्रयोगिनी योग साधना समूहको आयोजनामा वृहत् कार्यक्रम सम्पन्न भएको छ । 

ncell

तारकेश्वर नगरपालिका वडा नं.४, ५ मा संचालित मिलन बस्ती, योग साधना केन्द्र, अर्किट योग साधना केन्द्र, गुप्तेश्वर योग साधना केन्द्र, स्वतः भैरव योग साधना केन्द्र, बिन्दवासिनी योग साधना केन्द्र, गोल्ढुङ्ग योग साधना केन्द्रको सहकार्यमा कार्यक्रम सम्पन्न भएको हो । 

तारकेश्वर  नगर पतन्जली योग कमिटीका अध्यक्ष चन्द्र सापकोटाको अगुवाइमा भएको शान्ति पदयात्रा बज्रयोगिनी योग साधना समूहको  प्राङ्गणमाबाट सुरु भएको थियो भने वडा नं  ४ र ५ वडाका विभिन्न स्थानहरुमा शान्तिका सन्देश प्रवाह गर्दै नागर्जुन फुलबारी गेट नजिकै रहेको  गुम्बामा पुगि दीप प्रज्वलन गरिएको थियो । 

गुम्बाका लामा गुरुहरुद्वारा दिएका बुद्धका सन्देश सम्बन्धी विशेष प्रवचन श्रवण गर्नुका साथै  केही समयको ध्यान शिविर समेत संचालन गरिएको थियो । 

सोही क्रममा बोल्दै अध्यक्ष सापकोटाले बुद्ध जयन्तीको शुभकामना व्यक्त गर्दै योग र ध्यानमा आफुलाई समाहित गर्दै बुद्धका महावाणीहरु जीवनमा उतार्न सबैमा आग्रह गरेका थिए ।

बज्रयोगिनी योग साधना केन्द्रका सचिव राजेन्द्र घिमिरेले गुम्बाका लामागुरुले दिएका बुद्धको  उपदेश सम्बन्धी प्रवचनलाई मनन् गर्दै आफ्नो जीवनमा समेत उतार्दै जान र आफ्ना खराब विचार, बानी  त्याग्दै सत् विचार र सत् मार्ग पहिल्याउन आग्रह गरेका थिए । कार्यक्रमको समापनमा बोल्दै जगन्नाथ ज्ञवालीले बोलिमा होइन् व्यवहार असल बन्न सबैमा आग्रह गरे । 

ताजा खबर

सम्बन्धित खबर