२०८२ वैशाख २७ गते शनिवार / May 10 , 2025 , Saturday
२०८२ वैशाख २७ गते शनिवार
Ads

‘हेल्थ याद आयो’ डिजिटलको स्वास्थ्य सेवामा नयाँ फड्को

मध्यान्ह
२०८२ वैशाख २६ गते २०:०९
‘हेल्थ याद आयो’ डिजिटलको स्वास्थ्य सेवामा नयाँ फड्को

बाँके : स्वास्थ्य सेवामा हरेक व्यक्तिको पहुँच पुगोस्, सरल, सहज र पारदर्शी गराउने उद्देश्यले डिजिटल प्रविधि ‘हेल्थ याद आयो’ सेवा प्रभावकारी माध्यम बन्दै आएको छ ।

बिरामी भएर अस्पताल पुगे पनि घण्टौं लाइनमा बस्नु, फाराम भर्नु, टिकट काट्नु, डाक्टरको समय कुर्नु, रिपोर्ट ल्याउन फेरि उही प्रक्रिया दोहोर्‍याउनु, यी सबै कुराले मानिसलाई रोगभन्दा बढी उपचार प्रक्रियाको तनाव सिर्जना गर्छ । यस्तै अनावश्यक झन्झट र अप्ठ्याराहरूको विकल्प बनेर स्थापना भएको छ, ‘हेल्थ याद आयो’, जुन नेपालको स्वास्थ्य क्षेत्रमा डिजिटल रूपान्तरणको एउटा प्रभावकारी माध्यम बन्न सक्ने देखिन्छ ।

हेल्थ याद आयो एउटा यस्तो डिजिटल प्लेटफर्म हो, जसले स्वास्थ्य सेवा क्षेत्रको जटिलता घटाएर बिरामीलाई सहज, सरल र विश्वसनीय सेवा दिन थालेको छ । 

यो प्लेटफर्मले एकातर्फ घरमै बसेर विशेषज्ञ चिकित्सकसँग सिधा परामर्श गर्न सकिने वातावरण बनाएको छ, भने अर्कोतर्फ विदेशमा उपचार खोजिरहेका नेपालीलाई सहज पहुँचको व्यवस्था गर्नेतर्फ पनि कदम चालेको छ । 

डिजिटल माध्यमबाट स्वास्थ्य सेवा लिने संस्कारलाई व्यावहारिक बनाउन हेल्थ याद आयोले खेलिरहेको भूमिका नेपालमा स्वास्थ्य सेवा प्रविधिमा आएको उल्लेखनीय परिवर्तनका रूपमा लिन सकिने प्रमुख कार्यकारी अधिकृत विमल बराल बताउँछन् । 

टेलिमेडिसिन सेवा, डाक्टरसँग राय परामर्श, डायग्नोस्टिक सेवा, मेडिकल रिपोर्ट ट्याकिङ, फार्मेसी सेवा र घरमै औषधि पुर्‍याउने व्यवस्था यसमा उपलब्ध छ । बिरामीको सुविधाका लागि रक्त आपूर्ति तथा एम्बुलेन्स सेवासमेत समावेश गरिएको छ । यो एपले विरामीको सम्पूर्ण उपचार प्रक्रियालाई एउटै डिजिटल छातामुनि ल्याएको छ, जसले गर्दा अब अस्पताल पुग्नुपूर्व नै धेरै कुरा निश्चित गरी पूर्वतयारीका साथ अगाडि बढ्न सकिन्छ । नेपालमा हरेक वर्ष हजारौँ नागरिक उपचारका लागि भारतलगायत अन्य मुलुक जाने गर्छन् । 

खासगरी जटिल उपचार आवश्यक परेको अवस्थामा त उनीहरू नयाँ देशमा पुगेर स्वास्थ्य संस्थाको खोजी, सम्पर्क सूत्र, बसोबास, भाषा र लागतको जानकारी नहुँदा तनावको सिकार हुने गरेका छन् । हेल्थ याद आयोले अहिले यिनै समस्याको समाधान गर्न विदेशी अस्पतालहरू, तिनका विशेषज्ञ चिकित्सकको सूची, तीनको उपलब्धता र लागतका बारेमा सम्पूर्ण जानकारी उपलब्ध गराउने काम थालेको छ । 

दुई वर्षअघि ललितपुर महानगरपालिका वडा नं.१ कुपण्डोलमा सेवा सुरु गरिएको ‘हेल्थ याद आयो’का संस्थापक प्रवन्ध निर्देशक, मोवाइल हेल्थ एपका परिकल्पनाकार कम्प्युटर इन्जिनियर प्रज्वल चुकेले मोवाइल एपकै माध्यमबाट सेवाग्राहीले घरमै बसेर काठमाडौं, ललितपुर, भक्तपुर, बुटवल, चितवन, पोखरा, नेपालगन्ज, विराटनगर, बिर्तामोड र भैरहवा लगायत नेपालका प्रमुख शहरहरुमा स्वास्थ्य परामर्श र ल्याव परीक्षण सेवा लिन सक्ने सुविधा उपलब्ध गराइएको बताए । यसका साथै छिमेकी भारत, थाइल्याण्ड, मलेसिया र सिंगापुरका विभिन्न शहरहरुमा रहेका प्रसिद्ध अस्पतालका चिकित्सकहरुसँग भर्चुअल चिकित्सा परामर्श सेवा मोवाइल एपकै माध्यमबाट प्राप्त गर्न सकिने प्रवन्ध निर्देशक चुकेले बताए । 

चुकेका अनुसार बिरामीले उपचारको योजना बनाउन सकून् भनेर प्रारम्भिक लागत, समय, उपचारका विधिहरुबारे पूर्व जानकारी यसमार्फत् पाउनेछन् । यस्तै विदेश जाने बिरामीका लागि आवास व्यवस्थापन, यात्राको समन्वय, आवश्यक भए प्रवेशाज्ञा (भिसा) सम्मको प्रक्रिया सहज बनाउने जिम्मा पनि यो प्लेटफर्मले लिएको छ ।प्रबन्ध निर्देशक प्रज्वल चुके र कार्यकारी अधिकृत विमल बरालको नेतृत्वमा सञ्चालित यो प्लेटफर्मको उद्देश्य केवल एउटा एप उपलब्ध गराउनु मात्र होइन, आमनागरिकलाई आफ्नो स्वास्थ्यको विषयमा निर्णय लिन क्षमतावान् र सशक्त बनाउनु पनि हो । 

ADV

सम्बन्धित खबर