२०८३ असोज २ गते शुक्रवार / Sep 18 , 2026 , Friday
२०८३ असोज २ गते शुक्रवार

आईएमई लाइफका बीमित र अभिकर्तालाई केबुलकारमा छुट

Nada
२०८२ वैशाख १७ गते २१:२६
Shares
आईएमई लाइफका बीमित र अभिकर्तालाई केबुलकारमा छुट

काठमाडौं : आईएमई लाइफ इन्स्योरेन्स कम्पनीका बीमित, अभिकर्ता तथा कर्मचारीहरूले अब लुम्बिनी केबुलकारको टिकट खरिदमा २० प्रतिशत छुट पाउने भएका छन् । आईएमई लाइफ र लुम्बिनी केबुलकार प्रालिबीच त्यस्तो छुट दिने सम्झौता भएको हो ।

ncell

सम्झौताअनुसार उक्त सुविधा प्राप्त गर्नका लागि कम्पनीका बीमितले कम्पनीको मोबाइल एपमा रहेको बीमालेख देखाउनुपर्नेछ भने अभिकर्ता तथा कर्मचारीले कम्पनीले जारी गरेको आधिकारिक परिचयपत्र पेस गरी उक्त छुट सुविधा लिन सक्नेछन् ।

यस किसिमको सहकार्यले एकातर्फ कम्पनीको व्यावसायिक सम्बन्धमा प्रभावकारिता ल्याउन सहयोग गर्ने र कम्पनीका बीमित अभिकर्ता र कर्मचारीहरूलाई पनि निरन्तर लाभ र सकारात्मक ऊर्जा प्रदान गर्ने कम्पनीको विश्वास छ ।

ताजा खबर

सम्बन्धित खबर