२०८३ असोज २ गते शुक्रवार / Sep 18 , 2026 , Friday
२०८३ असोज २ गते शुक्रवार

निःशुल्क स्वास्थ्य शिविर सुरू

Nada
सुर्य प्रकाश बुढा मगर
२०८२ वैशाख १३ गते २१:३०
Shares
निःशुल्क स्वास्थ्य शिविर सुरू

रोल्पा : रोल्पाको परिवर्तन गाउँपालिका–२ राङ्सीमा निःशुल्क स्वास्थ्य शिविर सुरू भएको छ । शनिबारदेखि सुरू भएको शिविर मंगलबारसम्म संचालन हुनेछ । 

ncell

परिवर्तन गाउँपालिका पुतलाचौरको समन्वय, परिवर्तन गाउँपालिका–२ राङ्सी वडा कार्यालय र जनसेवा नमूना मावि राङ्सीको व्यवस्थापक तथा कादुरी एग्रीकल्चरल एण्ड एसोशिएसन ब्रीटिस गोर्खाज नेपाल कास्की–१६ पोखराको आयोजनामा जनसेवा नमूना माविको प्राङ्गण परिवर्तन गाउँपालिका–२ राङ्सीमा शिविर सुरू भएको हो ।

शिविर सुरू हुनुभन्दा पहिले कादुरी एग्रिकल्चरल एण्ड एसोशिएसन पोखराका कार्यक्रम डाइरेक्टर क्याप्टेन राजन राई र असिस्टेन्ट ज्याम याङ्ग गुरुङ गरी करिब ३४ जना विशेषज्ञको डाक्टर टोलीहरुलाई परिवर्तन गाउँपालिका अध्यक्ष सुकबहादुर बुढा मगर, उपाध्यक्ष कलादेवी खत्रेनी,परिवर्तन गाउँपालिकाका प्रवक्ता तथा २ का वडाध्यक्ष हरिप्रसाद बुढा मगर र कादुरी एग्रिकल्चरल एण्ड एसोशिएसन पोखरासँग शिविरका लागि पहलकर्ता, समाजसेवी,निवेदक व्यक्ति तथा जनसेवा नमूना माविका विद्यालय व्यवस्था समितिका अध्यक्ष चिजबहादुर विक लगायत स्थानीय आमा समूहले टीका,माला लगाइदिएर स्वागत गरेका थिए ।

परिवर्तन गाउँपालिकाका अध्यक्ष सुकबहादुर बुढा मगर र प्रवक्ता तथा वडा नं २ का वडाध्यक्ष हरिप्रसाद बुढा मगरले  निःशुल्क शिविर सञ्चालनप्रति सहयोगी संस्थालाई धन्यवाद व्यक्त गरे ।

कादुरी एग्रिकल्चरल एण्ड एसोशिएसन पोखराका कार्यक्रम डाइरेक्टर क्याप्टेन राजन राईले रोल्पाजस्तो ठाउँमा आएर सेवा दिन पाउँदा आफू र आफ्नो संस्थाले गर्व गरेको बताए ।

शिविर राम्रो भएको र आफू दाँतको उपचार गर्न  सफल भएको परिवर्तन गाउँपालिका–२ राङ्सी डाँडागाउँका कमानसिङ रोका मगरले बताए । 

सोही गाउँकी अर्की स्थानीय इन्द्रकुमारी घर्ती मगरले शिविर राम्रो भएको प्रतिक्रिया दिइन् । 

शिविरमा स्त्री रोग सम्बन्धी जाँच तथा उपचार, आँखा जाँच तथा मोतीबिन्दु शल्यक्रिया,दाँतको उपचार,अन्य स्वास्थ्य जाँच तथा उपचार,आवश्यक अनुसार रगत, दिशा, पिसाबको परीक्षण, मुटुको ई.सी.जी. तथा भिडियो एक्स–रे परीक्षण, चिकित्सकको सल्लाह बमोजिम निःशुल्क औषधी वितरण  गरिएको छ । शिविरको पहिलो दिन ५ सय ९ जनाले सेवा लिएका छन् । 
 

ताजा खबर

सम्बन्धित खबर