२०८३ असोज ८ गते बिहिवार / Sep 24 , 2026 , Thursday
२०८३ असोज ८ गते बिहिवार

गजल

Nada
२०८१ असार २२ गते ०६:२०
Shares
गजल

–शिशिर बुढाथोकी 

ncell

यो देशको अझै धेरै बर्बादी देख्दैछु
पाउदेखि शिरसम्म राष्ट्रघाती देख्दैछु ।।

कहीँ कतै देशभक्तिको आवाज गुन्जिएनन्
जताततै भ्रष्टाचारको वर्षादी देख्दैछु ।।

आस्था र विश्वास भरोसा नि गुमेको छ
भाइभाइ फुटाउने छुट्टै प्रजाती देख्दैछु ।।

पुर्खाको वलिदान भुल्ने धर्म अनि सस्कार बेच्ने 
कहिँ कतै कपुतका सन्तान छोरानाती देख्दैछु ।।

वीर गोर्खाली विरहरूको सन्तान हामी 
आज थरथर काप्ने खुम्चिएको छाती देख्दैछु ।।

ताजा खबर

सम्बन्धित खबर