२०८३ असोज २ गते शुक्रवार / Sep 18 , 2026 , Friday
२०८३ असोज २ गते शुक्रवार

चीनमा मानिस र रोबोटबीच हाफ म्याराथन प्रतियोगिता

Nada
२०८२ वैशाख ८ गते ११:१४
Shares
चीनमा मानिस र रोबोटबीच हाफ म्याराथन प्रतियोगिता

काठमाडौंः चीनमा मानिस र रोबोटबीच हाफ म्याराथन दौड भएको छ । चीनको राजधानी बेइजिङमा विश्वकै पहिला रोबोट हाफ म्याराथन आयोजना गरिएको हो ।

ncell

रोबोटहरु २१ किलोमिटर दौडिएका छन् । केही रोबोटहरु मानिसहरु जस्तै थकित भएको पाइएको छ । केही रोबोटहरुले जुत्ता समेत लगाएका थिए । प्रत्येक रोबोटको पछाडि विज्ञहरुको टोली खटाइएको थियो ।

दौडमा तीन पटक रोबोटहरुको ब्याट्री बदलिएको थियो । बेइजिङ ह्युमनोइड रोबोट इनोभेसन सेन्टरद्वारा विकसित टिएन कुङ अल्ट्रा रोबोटले २ घण्टा ४० मिनेटमा अन्तिम रेखा पार गरेको थियो । नोएटिक्सको एन२ दोस्रो स्थानमा आयो । ड्रॉइडअपको रोबोटले तेस्रो स्थान हासिल गरेको छ । ६ ह्युमनोइड रोबोटहरूले दौड पूरा गरेका छन् । 
 

ताजा खबर

सम्बन्धित खबर