२०८३ असोज २ गते शुक्रवार / Sep 18 , 2026 , Friday
२०८३ असोज २ गते शुक्रवार

आठौँ संस्करणको भोजपुर गोल्ड कप वैशाख १४ देखि २० गतेसम्म

Nada
२०८२ वैशाख ७ गते ०९:०८
Shares
आठौँ संस्करणको भोजपुर गोल्ड कप वैशाख १४ देखि २० गतेसम्म

भोजपुर : भोजपुरको प्रतिष्ठित आठौँ अन्तर्राष्ट्रिय आमन्त्रित मेयर गोल्ड कप प्रतियोगितामा भारतको एक टिमसहित नेपालका सात टिमले सहभागिता जनाउने भएका छन् । प्रतियोगितामा जर्जियन फुटबल क्लब भारतसहित सशस्त्र प्रहरी बल नेपाल काठमाडौँ चर्च ब्वाइज युनाइटेड काठमाडौँ एलएक्स सिटी मोरङ, भगवती स्पोर्ट्स क्लब खोटाङ, नवोबुद्ध फुटबल क्लब सप्तरी, सलहेश फुटबल क्लब सिरहा र आयोजक भोजपुर जिल्ला फुटबल संघले सहभागिता जनाउने आयोजकले जनाएको छ ।

ncell

जिल्ला फुटबल संघको आयोजना तथा भोजपुर नगरपालिकाको मुख्य प्रायोजनमा प्रत्येक वर्ष जिल्ला सदरमुकाममा सञ्चालन हुँदै आएको प्रतियोगिता यस वर्ष भने यही वैशाख १४ देखि २० गतेसम्म सञ्चालन हुनेछ ।  

भोजपुर-७ कोदारमा रहेको रंगशालामा सञ्चालन हुने प्रतियोगिताका लागि भोजपुर नगरपालिकाले रु. ३० लाख सहयोग गरेको छ भने अन्य थप रकम सह प्रायोजकबाट संकलन गरिने आयोजक संस्थाले जनाएको छ । 

प्रतियोगिताका विजेता तथा उपविजेताले उपाधिसहित क्रमशः नगद रु. पाँच लाख र तीन लाख पाउने छन् । अन्य व्यक्तिगत विधातर्फ पनि सर्वोत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलरक्षकलाई पुरस्कारको व्यवस्था गरिएको आयोजक जिल्ला फुटबल संघका अध्यक्ष प्रवीण सुवालले जानकारी दिए ।

गत वर्ष सञ्चालन भएको सातौँ संस्करणमा चर्च ब्वाइज युनाइटेड, काठमाडौँले त्रिभुवन आर्मी क्लबलाई पेनाल्टी सुटमा ४-२ गोलले पराजित गर्दै विजेता बनेको थियो । गत वर्ष पनि जर्जियन फुटबल क्लब भारत, त्रिभुवन आर्मी क्लब काठमाडौँ, चर्च ब्वाइज युनाइटेड काठमाडौँ, राजा रानी फुटबल क्लब धनकुटा, डाँगीहाट युथ क्लब मोरङ, सलहेश युवा क्लब सिरहा, भगवती स्पोर्ट्स क्लब खोटाङ र आयोजक भोजपुर जिल्ला फुटबल संघले प्रतियोगितामा भाग लिएको थियो  । 

ताजा खबर

सम्बन्धित खबर