२०८३ असोज २ गते शुक्रवार / Sep 18 , 2026 , Friday
२०८३ असोज २ गते शुक्रवार

लहानमा आजदेखि शहीद राम-लक्ष्मण टी-२० क्रिकेट प्रतियोगिता सुरु

Nada
मनु यादव निरज
२०८२ वैशाख ५ गते १५:२७
Shares
लहानमा आजदेखि शहीद राम-लक्ष्मण टी-२० क्रिकेट प्रतियोगिता सुरु

सिरहा : सिरहाको लहान नगरपालिका ६ नं. वडा कार्यालयको आयोजनामा आजदेखि तेस्रो शहीद राम-लक्ष्मण टी-२० क्रिकेट प्रतियोगिता सुरु भएको छ । 

ncell

जे.एस. क्याम्पसदेखि उतरपट्टीको खेल मैदानमा सुरु भएको प्रतियोगिताको मेयर महेश चौधरीले उद्घाटन गरे । पहिलो दिनको खेलमा वडा नं. ४ र ८ बीच प्रतिस्पर्धा भइरहेको छ ।

उद्घाटन कार्यक्रममा अतिथिको रुपमा कांग्रेस महाधिवेशन प्रतिनिधि अरुण केसी, लहान नगर सभापति संजय यादव, नेविसंघ जिल्ला सभापति पप्पु यादव, कांग्रेस नेता अनन्त पौडेल, विद्यार्थी नेता आशिषलाल दास, सन्तोष अधिकारी, स्ववियु सदस्य नवि हसनलगायतको उपस्थिति थियो । 

वडा अध्यक्ष रमेश गौतमको अध्यक्षतामा उद्घाटन कार्यक्रम भएको हो । वडा अध्यक्षमा गौतम निर्वाचित भएदेखि नै वडा कार्यालयले शहीद राम-लक्ष्मणको नाममा क्रिकेट प्रतियोगिता गर्दै आएको छ ।

ताजा खबर

सम्बन्धित खबर