२०८३ असोज २ गते शुक्रवार / Sep 18 , 2026 , Friday
२०८३ असोज २ गते शुक्रवार

एनसेलले ल्यायो नयाँ प्याकहरू

Nada
२०८२ वैशाख ३ गते २०:२८
Shares
एनसेलले ल्यायो नयाँ प्याकहरू

काठमाडौं : एनसेलले पहिलोपटक दिनको ३० रुपैयाँ भन्दा कममा नै अनलिमिटेड भ्वाइस र डेटा सेवा लिन सकिने प्याकहरुसहित विभिन्न नयाँ प्याकहरू संचालनमा ल्याएको छ । आम ग्राहकहरूमाझ बढ्दो भ्वाइस र डेटा सेवाको मागलाई ध्यानमा राख्दै कम्पनीले यी नयाँ प्याकहरू संचालनमा ल्याएको हो ।

ncell

भ्वाइस सेवामा, एनसेलले ३९ देखि पाँच सय ९९ रुपैयाँसम्म शुल्क पर्ने ६ वटा नयाँ प्याकहरू सार्वजनिक गरेको छ, जसमा सात दिनको लागि मात्र एक सय ९८ रुपैयाँमा उपलब्ध अनलिमिटेड अल नेपाल प्याक पनि समावेश छ । यस प्याकमार्फत ग्राहकहरूले दिनको मात्र २८.३ रुपैयाँमा अनलिमिटेड भ्वाइस कल सेवाको फाइदा लिन सक्ने कम्पनीले जनाएको छ ।

साथै, एनसेलबाट एनसेलमा कल गर्न टक टाइम चाहिने ग्राहकहरूले तीन दिनको लागि मान्य अनलिमिटेड डे अन नेट प्याक लिन सक्छन्, जसको मूल्य ५० रुपैयाँ रहेको छ । त्यसैगरी, पाँच सय ९९ रुपैयाँमा ग्राहकहरूले ८४ दिन अर्थता झण्डै तीन महिनासम्म प्रयोग गर्न मिल्ने नौ सय ९९ मिनेटको कुनै पनि नेपाली नेटवर्कमा कल गर्न मिल्ने अल नेपाल टक टाइम प्राप्त गर्न सक्छन् ।

ताजा खबर

सम्बन्धित खबर