२०८३ असोज २ गते शुक्रवार / Sep 18 , 2026 , Friday
२०८३ असोज २ गते शुक्रवार

साइमेक्सले ल्यायो बीवाईडीमा परिमार्जित वारेन्टी

Nada
२०८२ वैशाख ३ गते २०:२७
Shares
साइमेक्सले ल्यायो बीवाईडीमा परिमार्जित वारेन्टी

काठमाडौं : बीवाईडी अटो इन्डष्ट्रिको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंक प्रालिले नेपालमा बिक्री भएका सबै बीवाईडी इलेक्ट्रिक भेइकल (ईभी) मा व्यापक विस्तारित वारेन्टी नीति अर्थात् कम्प्रिहेन्सिभ एक्सटेन्डेड वारेन्टी नीति लागु गर्ने घोषणा गरेको छ ।

ncell

बीवाईडीका एड्भान्स्ड इलेक्ट्रिक भेइकल टेक्नोलोजीमा उपलब्ध ग्राहक सन्तुष्टि र आत्मविश्वासको अटल प्रतिबद्धतालाई अझै बढाउन कम्पनीले नयाँ वारेन्टी उपलब्ध गराउने भएको हो । 

ब्याट्रीमा पहिले उपलब्ध आठ वर्ष वा एक लाख ६० हजार किलोमिटरको वारेन्टीलाई बढाएर १० वर्ष वा २ लाख किलोमिटर पुर्‍याइएको छ । मोटर वारेन्टीमा आठ वर्ष वा एक लाख ५० हजार किलोमिटरबाट बढाएर १० वर्ष वा दुई लाख किलोमिटर पुर्‍याइएको छ ।

साथै, होल भेइकल वारेन्टीमा लाइट, टायर प्रेसर मोनिटरिङ मोड्युल, सस्पेन्सन र बल ज्वाइन्ट लगायतका कम्पोनेन्टमा हाल उपलब्ध चार वर्ष वा एक लाख किलोमिटरको वारेन्टी बढाएर पाँच वर्ष वा एक लाख २५ हजार किलोमिटर पुर्‍याएको कम्पनीले जनाएको छ ।

ताजा खबर

सम्बन्धित खबर