२०८३ असोज २ गते शुक्रवार / Sep 18 , 2026 , Friday
२०८३ असोज २ गते शुक्रवार

नेशनल हर्टिकल्चर एक्स्पो हुँदै

Nada
२०८१ चैत २७ गते ११:२९
Shares
नेशनल हर्टिकल्चर एक्स्पो हुँदै

काठमाडौं : काठमाडौंको भृकुटीमण्डपमा चैत्र २८ देखि ३१ गतेसम्म हुने दोस्रो नेशनल  हर्टिकल्चर एक्स्पो हुने भएको छ । नर्सरी व्यवसायी संघ नेपालले मंगलबार पत्रकार सम्मेलन गरी नर्सरी क्षेत्रको एकीकृत रुपमा यस वर्ष पुष्प, फलफुल, कृषिवन तथा जडिबुटी नर्सरीका व्यवसायिक उत्पादनहरु प्रदर्शनीमा राख्ने मेला संयोजक तथा संघका वरिष्ठ उपाध्यक्ष रविन कुमार गौतमले बताए ।

ncell

एक्स्पोमा देशभरिबाट पुष्प नर्सरी, फलफूल नर्सरी, कृषि वन नर्सरी तथा जडिबुटी नर्सरीको ७ सयभन्दा बढी प्रजातिका बोटविरुवाहरू प्रदर्शनी तथा बिक्री वितरण हुने गौतमले बताए ।

यस्तै मलखाद, अर्गानिक एवं रासायनिक विषादी, विउविजन, गमला, औजार उपकरण तथा प्रविधिहरूको समेत स्टल रहनेछ । मेलामा उपत्यका बाहिरबाट समेत नर्सरी व्यवसायीको समेत सहभागिता रहने नर्सरी व्यवसायी संघका अध्यक्ष रामजी प्रसाद तिमिल्सिनाले बताए । एक्स्पोमा ५१ हजार अवलोकनकर्ताले अवलोकन गर्नुका साथै १ करोड २५ लाखभन्दा बढीको कारोवार हुने अपेक्षा गरिएको छ ।

ताजा खबर

सम्बन्धित खबर