२०८३ असोज २ गते शुक्रवार / Sep 18 , 2026 , Friday
२०८३ असोज २ गते शुक्रवार

निर्णय विपरीत उम्मेदवारी दर्ता नगराउन एसोसिएसनको आग्रह 

Nada
२०८१ चैत २४ गते ०६:४६
Shares
निर्णय विपरीत उम्मेदवारी दर्ता नगराउन एसोसिएसनको आग्रह 

काठमाडौं : नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसनले २९ चैतमा हुने नेपाल वैदेशिक रोजगार व्यवसायी संघको निर्वाचनमा एसोसिएसनको निर्णयको प्रतिकुल हुने गरी उम्मेदवारी दर्ता नगर्न-नगराउन आग्रह गरेको छ । 

ncell

मनोनयन दर्ताको अघिल्लो दिन शनिबार एसोसिएसनका अध्यक्ष दीपक थापाले एक अनुरोधपत्र जारी गर्दै मनोनयनपत्र दाखिला गर्नुअघि एसोसिएसनको गौरवशाली इतिहास स्मरण गर्न आग्रह गरेका छन् । 

अध्यक्ष थापाले कार्यसमितिको पूर्ण बहुमत निर्णयानुसार निर्वाचनमा भाग लिन आफ्ना १७ जना प्रत्यासीहरूको घोषणासभा सम्पन्न गरी उल्लासमय उपस्थितिका साथ उम्मेदवारी मनोनय दर्ता गरिने कार्यक्रम रहेको भन्दै उक्त कार्यक्रममा सहभागी हुन पनि आग्रह गरेका छन् ।  

एसोसिएसन स्थापनाकालदेखि अहिलेसम्म ९ जना अध्यक्षहरूले नेतृत्व गरिसकेको र नेपाली कांग्रेसको १४औं महाधिवेशनमा करिब ४५ जना सदस्यहरूले महाधिवेशन तथा महासमिति सदस्यमा प्रतिनिधित्व गरेको भन्दै अध्यक्ष थापाले संस्थाको गरिमालाई कायम राख्नु सबैको दायित्व भएको उल्लेख गरेका छन् । 
 

ताजा खबर

सम्बन्धित खबर