२०८३ असोज २ गते शुक्रवार / Sep 18 , 2026 , Friday
२०८३ असोज २ गते शुक्रवार

प्रगतिशील मञ्च प्यानलको उम्मेदवारी घोषणा आज

Nada
२०८१ चैत २० गते ०७:४२
Shares
प्रगतिशील मञ्च प्यानलको उम्मेदवारी घोषणा आज

काठमाडौं : नेपाल वैदेशिक रोजगार व्यवसायी संघको आगामी २९ चैतमा हुने निर्वाचनका लागि प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्च प्यानलले आज (बुधबार) उम्मेदवार घोषणासभा गर्ने बताएको छ ।

ncell

वैदेशिक रोजगार व्यवसायी प्रगतिशील मञ्च नेपाल र एकीकृत वैदेशिक रोजगार व्यवसायी संगठनबीच तालमेलमा बनेको सो प्यानलको अध्यक्षका उम्मेदवार नरेश गेलालले व्यवसायीको मागअनुसार बलियो र भरपर्दो प्यानल तयार पारेर चुनावी मैदानमा आएको बताए । संघका पूर्वमहासचिव र मञ्चका पूर्वअध्यक्ष रहेका गेलाल एचआर इन्टरनेसनल सर्भिस प्रा. लि.का संचालक हुन् ।

गेलाल नेतृत्वको प्यानलको महासचिवमा मञ्चका अध्यक्ष तथा रावल इन्टरनेसनल प्रा. लि.का संचालक जनक रावलको उम्मेदवारी तय भइसकेको छ । प्रथम उपाध्यक्षमा अल करिम ह्युमन रिसोर्स प्रा. लि.का संचालक सञ्जु गुरुङ, तृतीय उपाध्यक्षमा न्यु अल्फा एचआर प्रा. लि.का संचालक बैकुण्ठ पौडेल वैभव, कोषाध्यक्षमा कालिञ्चोक एचआरकी संचालक  धनु सिँजाली उम्मेदवार बन्ने बताइएको छ ।

अल करिमका संचालक गुरुङ हाल संघको द्वितीय उपाध्यक्ष र अल्फाका पौडेल कार्यसमिति सदस्य हुन् । संगठनको सिफारिसमा द्वितीय उपाध्यक्षमा संगठनका महासचिव इम्प्लोइमेन्ट लिंक नेपाल प्रा. लि.का संचालक मधुकर रिजाल, सचिवमा संगठनका सचिव तथा कन्फिडेन्ट इन्टरनेसनल म्यानपावर प्रा. लि.का संचालक अनिल बोगटीले उम्मेदवारी दिने तय भएको छ । कार्यसमिति सदस्यका उम्मेदवारका बारेमा छलफल चलिरहेको बताइएको छ । 

नेपाली कांग्रेसको शुभेच्छुक संस्थाको हैसियतमा रहेको नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसनले गत आइतबार नै उम्मेदवारी घोषणा गरेर प्रचारप्रसार सुरु गरेकोे छ ।

ताजा खबर

सम्बन्धित खबर