२०८२ कार्तिक १९ गते बुधवार / Nov 05 , 2025 , Wednesday
२०८२ कार्तिक १९ गते बुधवार
Ads

काठमाडौं महानगरले पूर्वराजालाई गर्‍यो ८ लाख जरिवाना (पत्रसहित)

shivam cement
२०८१ चैत १६ गते १६:५७
Shares
काठमाडौं महानगरले पूर्वराजालाई गर्‍यो ८ लाख जरिवाना (पत्रसहित)


काठमाडौं : काठमाडौं महानगरपालिकाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई विभिन्न शीर्षकमा जरिवाना गरेको छ। काठमाडौं महानगरपालिकाले शुक्रबार तीनकुने क्षेत्रमा पुर्‍याएको क्षति विविरणसहित विभिन्न शीर्षकमा जरिवाना तोकेर निर्मल निवासलाई पत्र काटेको हो।

महानगरले फोहोरमैला, बोट विरुवा तथा रेलिङमा क्षति, वारुणयन्त्रमा क्षतिलगायत शीर्षकमा जरिवाना गरेको हो। महानगरले पूर्वराजा ज्ञानेन्द्रलाई ७ लाख ९३ हजार जरिवाना तोकेको हो।

दुर्गा प्रसाईंको आह्वानमा राजसंस्था पुनर्स्थापनाको मागसहित भएको प्रदर्शनमा सहभागीहरूले महानगरपालिकाका विभिन्न संरचना, दमकल तथा अग्नि नियन्त्रकहरूमा आक्रमण गरेका थिए।

यस घटनापछि महानगरले सार्वजनिक सम्पत्तिमा भएको क्षतिको जिम्मेवारी पूर्वराजा शाहलाई तोक्दै जरिवाना लगाउने निर्णय गरेको हो।

महानगरका अनुसार दमकल तोडफोडका लागि एक लाख तीस हजार, कोटेश्वर, जडिबुटी, बालकुमारी, सिनामंगल र महादेवस्थानमा फोहोरका लागि एक-एक लाख, वातावरण प्रदुषणका लागि एक लाख र रुख विरुवा तथा तीनकुने आइल्याड तोडफोड गरिएकोमा ६३ हजार जरिवाना गरिएको हो।

शनिबार महानगरपालिकाको टोलीले तीनकुने-कोटेश्वर-जडिबुटी क्षेत्रमा पुगेको क्षतिको विवरण संकलन गरेको थियो। संकलित विवरणका आधारमा नोक्सानीको खर्च र सरसफाइ शुल्क समेत शाहबाटै असुल गरिने निर्णय भएको छ।

हेर्नुहोस पत्र :

ADV

सम्बन्धित खबर