२०८३ असोज ३ गते शनिवार / Sep 19 , 2026 , Saturday
२०८३ असोज ३ गते शनिवार

वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने १ पक्राउ

Nada
२०८१ चैत १५ गते ०७:०८
Shares
वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने १ पक्राउ

काठमाडौं : वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी बुल्गेरिया पठाइदिन्छु भन्दै २ जनालाई ठगी गरेको अभियोगमा प्रहरीले १ जनालाई पक्राउ गरेको छ ।

ncell

प्रहरीले झापाको बिर्तामोड घर भई हाल काठमाडौं कीर्तिपुरमा बस्दै आएकी आशा परियारलाई पक्राउ गरेको हो ।

उनले बुल्गेरिया पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट २ लाख रुपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितको उजुरीका आधारमा पक्राउ गरेको हो ।

उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुले जनाएको छ ।

ताजा खबर

सम्बन्धित खबर