२०८२ कार्तिक २० गते बिहिवार / Nov 06 , 2025 , Thursday
२०८२ कार्तिक २० गते बिहिवार
Ads

तीन संसदीय समितिको बैठक बस्दै

shivam cement
२०८१ चैत १२ गते ०८:५१
Shares
तीन संसदीय समितिको बैठक बस्दै

काठमाडौँ : मंगलवार तीन संसदीय समितिहरूको बैठक बस्ने तय भएको छ ।

अर्थ समितिको बैठक बिहान ११ बजे बस्नेछ । बैठकमा भन्सार सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक मस्यौदा प्रतिवेदनमाथि छलफल हुनेछ ।

त्यस्तै, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बिहान साढे ११ बजे बस्नेछ । बैठकमा सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० माथि दफावार छलफल गर्ने कार्यसूची छ ।

यसैगरी सार्वजनिक लेखा समितिको बैठक पनि दिउँसो ३ बजेका लागि बोलाइएको छ । बैठकमा हुलाकी, बिपी र अरनिको राजमार्गलगायत राष्ट्रिय राजमार्गहरूको वर्तमान अवस्थाबारे छलफल गर्ने कार्यसूची रहेको सचिवालयले जनाएको छ । 

ADV

सम्बन्धित खबर