२०८३ असोज ३ गते शनिवार / Sep 19 , 2026 , Saturday
२०८३ असोज ३ गते शनिवार

प्राधिकरणकी नवनियुक्त सदस्य पोखरेलद्वारा शपथ ग्रहण

Nada
२०८१ चैत ३ गते १३:५१
Shares
प्राधिकरणकी नवनियुक्त सदस्य पोखरेलद्वारा शपथ ग्रहण

काठमाडौं : नेपाल बीमा प्राधिकरणको सञ्चालक समितिकी नवनियुक्त सदस्य राधा पोखरेलले पद तथा गोपनीयताको शपथ ग्रहण गरेकी छन् । अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा पोखरेलले उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलसमक्ष शपथ लिएकी हुन् । 

ncell

गत चैत १ गते पोखरेललाई बीमा प्राधिकरणको सञ्चालक समिति सदस्यमा नियुक्त गरिएको थियो । 

सो अवसरमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री पौडेलले बीमा क्षेत्रमा कोही व्यक्ति पीडित हुन नहुने, कुनै पनि व्यक्तिले अन्यथा गर्न नपाउने व्यवस्था हुनुका साथै बीमा क्षेत्रमा नयाँ योजनाका साथ अघि काम गर्न जरुरी रहेको बताए ।

सम्बन्धित खबर